आठौं राष्ट्रिय खेलकुद: फेन्सिङमा ६ स्वर्णसहित आर्मी प्रथम, एपिएफ ३ स्वर्णसहित दोश्रो
प्रकाशित मिति : २०७६, १ बैशाख आईतवार १३:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो । फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी च्याम्पियन बन्यो ।
Advertisement
दोश्रो भएको सशस्त्र प्रहरीको एपीएफ क्लबले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यका साथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझाएको छ । प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
नेपालगञ्ज रंगशालाको कभर्ड हलमा चैत २८ गतेदखि सुरु प्रतियोगितामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
यसैबीच आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत् आजदेखि बाँकेको कोहलपुरमा साइक्लिङ्ग, दाङ्गमा व्याडमिन्टन र नेपालगञ्जको जुडो हलमा जुडोका खेल शुरु भएका छन् ।