महिला हक्कीको सोमवारको खेलमा गण्डकी प्रदेश बिजयी, सेना र शुदुरपश्चिम बराबर
प्रकाशित मिति : २०७६, २ बैशाख सोमबार १३:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जागेश्वर थारु /नेपालगन्ज।आठौं राष्ट्रिय खेलकुद महिला हक्की खेलको सोमवार विहानको पहिलो खेलमा गण्डकी प्रदेशले २ नं प्रदेश लाई २ शून्य गोल गर्दै जित हात पारेको छ । खेलको शूरु देखि नै दबाबमा राखेको गण्डकी प्रदेशले पहिलो क्वाटरमा गोल गर्न असफल भएको थियो । खेलको दोस्रो क्वाटरमा पनि दबाब दिएरै खेली रहेका गण्डकी प्रदेशकी १२ नं. जर्सीकि सविना पुनमगरले २१ मिनेटमा गोल गरेर आफ्नो टिमको खाता खोलेक थिईन ।
Advertisement
तेस्रो क्वाटरमा प्रदेश नं. २ ले राम्रो अवसर पाएपनि गोल गर्न सफल भएन । खेलको चौठो क्वाटरमा गण्डकी प्रदेशले आक्रमक रुपले प्रस्तुत भए पछि १ नंं जर्सीमा खेली रहेकी करुणा दरलामी मगरले ५८ मिनेटमा १ गोल गरेर २–० ले आफ्नो टिमलाई जिताउन सहयोग गरेकी थिईन । खेल अवधी भरीमा गण्डकी प्रदेशले पनाल्टि कार्नर पाएको थियो भने प्रदेश नं. २ ले सो अवसर १ पटक मात्र प्राप्त गरेको थियो ।
त्यसै गरी सोमवर बिहान भएको दोस्रो खेलमा नेपाली सेना शुदुरपश्चिम प्रदेश बिच भएको खेलमा १ – १ गोल गरी बराबर भएका छन् । खेलको शुरदेखि नै बराबरी भएको खेलमा पहिलो क्वाटरमा दुबै टिमले अवसर पाएपनि गोल गर्न असफल भएका थिए। खेलको दोस्रो क्वाटरमा शुदुरपश्चिम प्रदेशकी ११ नं. जर्सीमा खेली रहेकी अनिता श्रेष्टले २७ मिनेटमा गोल गर्न सफल भएकी थिईन ।
खेलको तेस्रो क्वाटरमा नेपाली सेनाकी १३ नं. जर्सीमा खेली रहेकी दिप कुमारि घलेले १ गोल गरेर आफ्नो टिमलाई बराबरीमा ल्याएकी थिईन । खेल अवधीभरमा नेपाली सेनाले २ पटक पनाल्टि कार्नर पाएको थियो भने शुदुरपश्चिम प्रदेशले सो अवसर १ पटक मात्र प्राप्त गरेको थियो । खेल प्रतिस्पर्धात्मक भएकोले चौठो क्वाटरको खेलमा सम्म दुबै टिम बराबर भएको अवस्थामै खेलको समय अवधी सकिएको थियो ।