नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा स्वास्थ्य सहायता कक्षको स्थापना
प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलवार १७:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमै स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ। उपमहानगर कार्यालयमा आउने सेवा ग्राही र अन्य सबै स्थानियहरुका लागी स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श दिने उद्श्यले आजदेखि उक्त सहायता कक्षको स्थापना गरिएको हो।
Advertisement
सो सहायता कक्षमा एक जना स्वास्थ्य परिचारिकाको नेतृत्वमा सेवा लिन सकिने छ। साथै त्यस सहायता कक्षमा स्वास्थ्य सन्देेश मुलक विभिन्न सामाग्रीहरु समेत राखिनुका साथै सबैले सहज रुपमा पढ्न सकिने ब्यबस्था मिलाइएको स्वास्थ्य शाखाका हरिहर तिवारीले बताए।
सेवा ग्राहीका साथै स्थानियहरुलाई स्वास्थ्य सम्बन्धी समस्या सामधानका लागि सहज बाताबरण मिलाउने उदश्यले प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलको निर्देशनमा स्थापना भएको सहायता कक्षमा स्वास्थ्य परिचारिका लक्ष्मी बिकले जानकारी तथा परामर्श दिनेे छिन्।