नेपालगन्जको वडा नम्बर ४ मा गर्ल्स कलेजको शिलान्यास
प्रकाशित मिति : २०७६, ४ बैशाख बुधबार २२:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा गर्ल्स कलेजको शिलान्यास भएको छ। नेपालगन्ज वडा नम्बर ४ स्थित आधारभुत बिध्यालयमा गर्ल्स कलेज सन्चालनका लागि आज मेयर डा. धवल शम्शेर राणाले भवन शिलान्यास गर्नु भएको थियो।
Advertisement
नेपालगन्जमा गर्ल्स कलेज नभएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आधारभुत बिध्यालयमा गर्ल्स कलेज बन्न लागेको हो वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले बताए। शिलान्यास कार्यक्रममा मेयर राणाले ” यस्तो खाले कलेज सन्चालन भएमा छात्राहरुलाई राम्रो हुने हुँदा यो कलेज निर्माण गर्न”गइरहेको बताए।
त्य्स्तै कार्यक्रममा अध्यक्ष बेहनाले यो सन्चालन पश्चात् नेपालगन्जका मात्रै नभइ बाहिरबाट पढ्न आउने छात्राहरुलाई राम्रो हुने र सुरक्षित हुने बताए। साथै बेहनाका अनुसार उक्त कलेज १२ सम्म मात्र सन्चालन गर्ने आफुले इच्छाएको विषय समेत पढ्न सकिने भएको छ।
उपमहानगरपालिकाद्वारा सहयोग गरिएको भवन निर्माणका लागि ९० लाख छुट्याएको निर्माण उपभोक्ता समितीका अध्यक्ष मो. सलिम मुसलमानले बताए। उनका अनुसार आजै देखि काम शुरु गरिएको र आउदो ३ महिनामा निर्माण सकिने भएको छ।
शिलान्यास कार्यकर्ममा कार्यपालिका सदस्य इन्दिरा शाही , वडा सदस्यहरु प्रताप सिङ सिजापती, मेनका जोशी, वडा सचिब राज कुमार कार्की लगायत स्कुल ब्यब्स्थापन समितीका पदाधिकारीहरु सहित स्थानिय समाजसेबि जुनेद कादरीको उपस्थिति रहेको थियो।