ट्राफिक प्रहरीलेे अब देेेेखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने
प्रकाशित मिति : २०७६, ६ बैशाख शुक्रबार ११:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।ट्राफिक प्रहरीलेे अब देेेेखि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गरेको छ ।गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।
Advertisement
ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताका विषयमा गृह मन्त्रालयका प्रस्ताव लगेका थिए।
प्रहरी प्रधान कार्यालयबाट सो प्रस्ताव आएपछि गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद बैठकमा सोही प्रस्ताव लगेका थिए।
धुवाँ धुलोमा दिनरात नभनि काम भइरहेका ट्राफिक प्रहरीहरुलाई यस प्रकारको कामले मनोवल उच्च हुने प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए।
सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि यसलाई गहन रुपमा अध्ययन गरेर हामीले गृहमा प्रस्ताव लगेका थियौ, सुवेदीले भने। खनाल आइजिपी हुनुभन्दा अघि महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भइ काम गरेका थिए।
ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता अबदेखि आउने भएपछि ट्राफिक प्रहरी खुसी भएका छन् । यसअघि ट्राफिक प्रहरीले चिट काटे वापत पाउँदै आएको भत्ता र यो भत्तामा नै फरक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।