आठौं राष्ट्रिय खेलकुद: अहिले सम्म सेनानै अग्रपंक्तिमा
प्रकाशित मिति : २०७६, ६ बैशाख शुक्रबार १३:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सम्म नेपाली सेनानै अग्रपंक्तिमा रहेको छ। सेना आफ्नो बर्चस्व यथाबतनै राखेको छ। अहिलेसम्म सम्पन्न १४ खेलमा ९७ स्वर्ण, ९६ रजत र १७२ कास्य पदकको छिानोफानो हुँदा त्रिभुवन आर्मीले बर्चश्व कायम गरेको छ । आर्मी अहिलेसम्म ३१ स्वर्ण, २७ रजत र २० कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ । १८ स्वर्ण, १५ कास्य र १६ रजत जित्दै नेपाल पुलिस दोस्रो र सशस्त्र प्रहरी एपिएफ १४ स्वर्ण, २२ रजत र २२ कास्य पदक प्राप्त गरी तेस्रो स्थानमा छ ।
Advertisement
प्रदेश तर्फ भने ७ स्वर्ण, १३ रजत र ३१ कास्य सहित प्रदेश नम्बर ३ अगाडि छ । गण्डकी प्रदेशले ६ स्वर्ण, ६ रजत र १८ कास्य जितेको छ भने सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण, ५ रजत र ११ कास्य हात पारेको छ । प्रदेश नम्बर २ ले ६ स्वर्ण, ६ रजत र १८ कास्य जित्दा प्रदेश ५ ले ४ स्वर्ण, ७ रजत र २० कास्य पदक हात पार्न सफल भएको छ । प्रदेश १ ले भने ३ स्वर्ण, ५ रजत र २५ कास्य पदक जितेको छ ।
प्रदेशहरुमा सबैभन्दा पुछारमा रहेको कर्णाली प्रदेशले १ स्वर्ण र २ कास्य पदक मात्रै हात पारेको छ भने एनआरएनए पनि १ स्वर्ण र ३ कास्य जितेको छ । प्रतियोगितामा ३ विभागीय टोलीसहित, ७ वटै प्रदेश र एनआरएनएको टिम सहभागी छन् ।