प्रतिबन्ध नहटाए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार ०९:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफूहरुलाई लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ।प्रतिबन्ध नहटाए, पार्टी नेतारकार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका हुन्।
Advertisement
महासचिव विप्लवको हस्ताक्षरमा शनिबार राति जारी विज्ञप्तिमा शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख छ।
‘यदी केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध शशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं। हामी अहिले पनि भन्दछौं हामीलाई बाध्य नपारियोस्,’ विप्लवले भनेका छन्।
सरकारलाई साथमा लिएर गर्ने प्रतिरोधको परिणामको परिणामको जिम्मेवार सरकार हुने चेतावनी पनि विप्लवले दिएका छन्। सरकारले विप्लव नेतृत्वको समूहका क्रियाकलापलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सेतोपाटीबाट।