एथ्लेटिक्समा सेनाका निर बहादुरलाई स्वर्ण
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार ०९:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ ।आठौं राष्ट्रिय खेलकुदमा सेनाको दबदबा कायम रहेको छ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष १ सय १० मिटर हडल्समा सेनाले स्वर्ण जितेको छ । आईतबार बिहान भएको खेलमा सेनाका निर बहादुर चौधरीले स्वर्ण जितेका हुन् ।
Advertisement
उनले निर्धारित दुरी १५ दशमलव ५६ सेकेन्डमा पुरा गरे ।यस्तै पुलिसका चन्द्र देव जोशी दोस्रो भए । सेनाका अशोक कुँवर क्षेत्री तेस्रो भए । जोशीले १५ दशमलव ६७ सेकेन्डको समय लगाए। कुँवरले १६ दशमलव ७० को समय निकाले ।
आजै एथ्लेटिक्सतर्फ पुरुषको ११० मिटर हडल्स फाईनल सहित महिलाको १०० मिटर फाईनल, महिला पुरुषको ४ सय मिटर फाईनल, महिला पुरुषको ५ हजार मिटर फाईनल, महिला पुरुषको ट्रिपल जम्प फाईनल र महिला पुरुषको ४ बाई ४ सय मिटर फाईनलका खेल हुदैछन् ।