ब्याडमिन्टनमा एपिएफका धामी र रशिलालाई स्वर्ण
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार १२:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा भएको फाईनल ब्याडमिन्टन भिडन्तमा एपिएफका दिपेश धामी र रसिला महर्जनले स्वर्ण जितेका छन् । फाईनलमा दिपेशले रत्नजित तामाङलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे भने आर्मीकी १४ वर्षीया रशिला महर्जनले नङ्शल तामाङलाई १९–२१, २१–१४ र २४–२२ ले पराजित गरेकी हुन । यो संगै उनीहरुले नयाँ इतिहास रच्न सफल भएका छन् ।
Advertisement
यो संगै आर्मीका दिदीभाई रत्नजित तामाङ र नङ्शल तामाङको केही वर्ष यताको लगातार जितमा धामी र महर्जनले ब्रेक लगाउन सफल भएका छन् ।
राष्ट्रिय प्रतियोगितामा लगातार ४ बर्ष जितेर एकाधिकार जमाएका रत्नजितको जितमा यसपटक दिपेश बाधक बन्न सफल मात्रै भए ।