कोलोम्बो बम बिस्फोटमा २० जनाको मृत्यु, ३ सय जना घाइते
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार १२:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फोटो : एजेन्सी
श्रीलंका।कोलोम्बोमा बम बिस्फोट हुँदा २० जनाको ज्यान गएको छ।श्रीलंकाको राजधानी कोलोम्बोमा आज बिहान चर्च र पाँचतारे होटलहरूमा बम बिस्फोट भएका छन्। श्रृंखलावद्ध रूपमा भएका बिस्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने झन्डै तीन सय जना घाइते भएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।
Advertisement
कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो। इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो।
लगभग उस्तै समयमा दुई ओटा पाँचतारे होटलमा पनि बिस्फोट भएको जनाइएको छ। राजधानी कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा बिस्फोट भएको हो। प्रहरीले विभिन्न ६ ठाउँमा एक साथ बिस्फोट भएको जनाएको छ।बिस्फोटबाट परी ज्यान गुमाउने र घाइते हुनेमा विदेशी पर्यटक पनि रहेको बताइएको छ।