स्वस्तिका लिम्बुको मृत्युको कारण पोस्टमार्टम रिपोर्टले स्पष्ट कुरा देखाएन्, थप जाँचका लागी काठमाडौं पठाइदै
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार २२:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।स्वस्तिका लिम्बुको मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा हत्या भएको हो वा आत्महत्या हो भन्ने स्पष्ट उल्लेख नहुदा झनै रहस्यमय बनेको छ।भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा स्वस्तिकाको हत्या भएको हो वा आत्महत्या हो भन्ने स्पष्ट उल्लेख नभएपछि प्रहरीले भिसेरा परीक्षण गर्न लागेको हो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार स्वस्तिकाको मृत्युबारे पोस्टमार्टम रिर्पोटमा स्पष्ट नभएपछि सत्यतथ्य बुझ्न भिसेरा परीक्षण गर्न लागिएको हो । उनले भिसेरा परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाईएको बताए ।
Advertisement
बैशाख १ गते भृकुटीनगरस्थित आफ्नै निवासमा रहस्यमय मृत्यु भएकी १९ बर्षीया स्वस्तिकाको श्रीमानले नै हत्या गरेको माईती पक्षले आरोप लगाउँदै आएको छ । र, श्रीमान आशिष भनिने मुकेश बुढा क्षेत्री बिरुद्ध किटानी जाहेरी पनि दिएको छ । मुकेश अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।
सांदद नन्दलाल रोकायाका नाती पर्ने मुकेशलाई राजनीतिक दवावमा उन्मुक्ति दिने प्रपञ्च भईरहेको भन्दै परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै आएको छ । तर, प्रहरीले भने कसैको दवावमा नपरी निष्पक्ष तरिकाले घटनाको अनुसन्धान गरिरहेको दाबी गर्दै आएको छ ।
यता पोस्टमार्टम रिपोर्ट तयार पार्न पनि चलखेल भएको स्वस्तिकाको माईती पक्षको आरोप छ । स्वस्तिकाका माईती पक्षले प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्दै भोलि बिहान नेपालगन्जमा पत्रकार सम्मेलन पनि गर्ने भएको छ ।
संदिग्ध अवस्थामा मृत्यु भएको व्यक्तिको विष वा लठ्याउने अन्य कुनै औषधिको प्रयोगबाट मृत्यु भएको हो वा होईन भन्ने पत्ता लगाउन भिसेरा परीक्षण गरिन्छ । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार कसैको संकास्पद मृत्यु भएको खण्डमा पोस्टमार्टमसँगै भिसेरा परीक्षण पनि गर्ने गरिन्छ । भिसेरा परीक्षणबाट कुनै पनि व्यक्तिको मृत्यु विष वा कुनै लठ्याउने औषधिबाट भएको होरहैन भन्ने थाहा लाग्छ ।
मृतकको शरीर हेर्दा शंकास्पद देखिएमा, विष खाएरखुवाएको आशंका भएमा भिसेरा जाँच गरिन्छ । मृत व्यक्तिको शरीर, जिब्रो, आँखा, नङ लगायतका भाग निलो देखिएमा अथवा मुखबाट फिँज निस्किएको अवस्था रहेमा विषको सम्भावनालाई नकार्न सकिँदैन । यस्तो अवस्थामा पोस्टमार्टमपछि भिसेरा परीक्षण गरिन्छ ।
भिसेरा परीक्षणका लागि मृत शरीरबाट लिभर, स्प्लीन र किड्नीको भाग संरक्षित गरिन्छ । भिसेरा रिपोर्ट आउन सामान्यतया ३ साताको समय लाग्छ । तर, ल्याबमा भएको कामको चापका कारण रिपोर्ट आउन ढिलाई हुन सक्छ । प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार स्वस्तिकाको भिसेरा रिपोर्ट आउन कम्तिमा पनि डेढ महिना लाग्न सक्छ ।