पुरुष हेण्डबलमा गण्डकी र एपिएफ ,महिलामा आर्मी र एपिएफ फाइनलमा
प्रकाशित मिति : २०७६, ९ बैशाख सोमबार १४:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । आठौँ अन्तरगत सोमवार विहान भएको महिला÷पुरुष हेण्डबलका सेमीफाईनल खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पुरुषतर्फको खेलमा गण्डकी प्रदेश र विभागिय टिम एपिएफ फाईनलमा प्रवेश गरेका छन् । यसैगरी महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफले फाईनलसम्मको यात्रा तय गरेका छन ।
Advertisement
पुरुष तर्फको पहिलो खेलमा गण्डकी प्रदेश ले प्रदेश ३ लाई ४०–१८ गोल अन्तरले पराजित गर्दैै फाईनलमा आफुलाई सुरक्षित गरेको हो ।सोही मैदानमा भएको दोस्रो खेलमा विभागिय टिम एपिएफले त्रिभुवन आर्मी क्लवलाई ३२–२६ गोलले किनारा लगायो । तेस्रो स्थानको लागि प्रदेश ३ र आर्मीबीच मंगलबार बिहान र गण्डकी र एपिएफबीचको फाईनल खेल साँझ हुने नेपाल हेण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिए ।
महिला हेन्डबल : त्रिभुवन आर्मी र एपिएफ फाइनलमा
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिल्ला प्रशासन कार्यालय, बाँके परिसरमा सोमबार सेमीफाईनलका खेल सकिएका छन् । विहान भएको महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफ विजयी हुँदैै फाईनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा नेपाली सेनाले प्रदेश १ लाई ३८–१७ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै फाईनलमा प्रवेश ग¥यो । त्यस्तै विहान भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई सशस्त्र प्रहरीको विभागिय टिम एपिएफले गण्डकी प्रदेशलाई २२–४ गोल अन्तरले पाखा लगाउदै फाईनलमा प्रवेश गरेको हो ।
हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालका अनुसार, मंगलबार दिउँसो तेस्रो स्थानको लागि गण्डकी प्रदेश र प्रदेश १ भिड्ने छन् भने फाईनल खेलमा आर्मी र एपिएफ भिड्ने छन् । यसैबीच हेण्डबल संघका अध्यक्ष गुरुङ्गले हेण्डबलको फानल खेल हेर्नको लागि सबै खेल प्रेमीलाई नेपालगञ्ज रंगशाला परिशरमा मंगलबार साँझ उपस्थितिको लागि आग्रह गरेका छन् ।