आठौ राष्ट्रिय खेलकुदःनेपाल आर्मी बन्यो एथ्लेटिक्स च्याम्पियन
प्रकाशित मिति : २०७६, ९ बैशाख सोमबार १५:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ ।नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ ।दाङ तुलसीपुर बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।
त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको शसस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउदा नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तृतिय स्थान हासिल ग¥यो ।
त्यस्तै ५ नं प्रदेश १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो । महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।
बैशाख ५ बाट संचालन भएको प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।
Advertisement