आठौ राष्ट्रिय खेलकुदको आज समापन हुँदै, नवौ कहाँ होला?
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार ०९:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । गत चैत्र २७ गते देखि सन्चलन भएको आठौ राष्ट्रिय खेलकुदको बिधिबत रुपमा बैशाख ५ गते उदघाटन भयो।राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज हुदैछ । हरेक संस्करणको प्रतियोगिता सकिएपछि अर्को संस्करणको आयोजनाको घोषणा गरिने नियम अनुसार नबौं सस्करणको आयोजनाका लागि दुई वटा प्रदेश दावेदार रहेका छन । प्रदेश २ र गण्डकी प्रदेश ।
Advertisement
सातौं संस्करणको समापनका बेला पनि पोखराले आठौंको आयोजनाको मौका पाउन भनेर तत्कालिन पश्चिमाञ्चल खेलकुद विकाश समितीका अध्यक्ष खगराज पौडेल झण्डा लिनका लागि हौसिएका बेला रातारात पश्चिमाञ्चललाई आठौंको जिम्मा दिइएको थियो ।
सो बेला परिषद्को बैठकले रातारात पोखराको सट्टा नेपालगञ्जमा आठौं गर्ने निर्णय गरेको थियो । तर यसपटक सिनारियो फरक जस्तै छ ।
प्रदेश २ र गण्डकी प्रदेशमा नबौंको आयोजनाको जिम्मा गण्डकीले पाउने बलियो संभावना रहेको छ । किनकी पुर्वाधारका हिसावले अन्य सुविधाका हिसावले पनि पोखरा प्रदेश २ भन्दा सहज र अगाडी पनि छ ।
त्यसमा पनि नेपालगञ्जले आठौंको जिम्मा पाउन मन्त्री दलजित श्रीपालीको जति हात रहेको थियो, यसपटक गण्डकी प्रदेशले पाउन खेलकुद मन्त्रीको पनि ठुलो हात हुनेछ । किनकी मन्त्री जगतबहादुर विश्वकर्माको क्षेत्र पोखरा नै रहेकाले अबको संस्करण आफ्नै कार्यकालमा पोखरामा गर्न चाहन्छन । त्यसैले पनि पोखराले पाउने संभावना धेरै रहेको छ ।
अर्को आठौंको आयोजनाको जिम्माबाट चुकाएको पोखरालाई नबौंको आयोजना दिएर क्षतीपुर्तीका रुपमा पनि सुल्झ्याउन चाहन्छ।
आठौंको समापन यस्तो हुनेछ
नेपालगञ्जको महेन्द्र रंगशालामा हुने आठौंको समापनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन आउनेछन । समापन तीन बजेबाट राखिएको छ ।
तीन बजेबाट सुरुहुने कार्यक्रमको सुरुवातमा आधाघण्टा विभिन्न कार्यक्रम गरिनेछ । उपराष्ट्रपतिको आगमनपछि पुरुष फुटबल खेलको सुरुवात हुनेछ । फुटबल सकिएपछि केहि नाचगानका कार्यक्रम रहेका छन । त्यसपछि सहभागि सबै टिमले मार्चपास गर्नेछन । मार्चपास सकिएपछि फेरी दुई वटा सास्कृतिक कार्यक्रम राखिएको छ ।
समापनको अन्तिममा उपराष्ट्रपतिको मन्तब्य र झण्डा हस्तान्तणको कार्यक्रम राखिएको छ । प्रतियोगिताको अधिकांस खेलहरु सकिएका छन । अन्तिम दिन भलिबल, फुटबल लगायतका ५ खेलको छिनोफानो हुनेछ । तर ती सबै समापन अगाडी हुनेछन ।
नेप्लेजबाट