नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गण्डकी प्रदेशमा
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार १२:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले जानकारी गराए ।
Advertisement
सदस्यसचिव विष्टका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेको र सातौको बेला नै नवौ गण्डकी प्रदेश ९पश्चिमाञ्चल० मा गर्ने सैद्धान्तिक सहमति अनुसार नै गण्डकी लाई आयोजना अधिकार दिईएको बताए ।
नेपालगञ्जमा आज सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रम पछि नवौंको झन्डा गण्डकी प्रदेशलाई प्रदान गरिने छ । आयोजना अधिकारसहित झन्डा गन्डकी प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ग्रहण गर्नेछन् ।
वर्तमान युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार गण्डकी प्रदेशकै जनप्रतिनिधि हुने । मन्त्री विश्वकर्मा, सदस्यसचिव केशव कुमार विष्ट र खेलकुद मन्त्रालयको समन्वयमा गण्डकी प्रदेशलाई नै नवौंको आयोजना अधिका दिइने निर्णय भएको राखेप स्रोतले बताएको छ ।
प्रदेश १ ९साविकको (पुर्वाञ्चल) मा सातौ समापनकै अवसरमा नै आठौं प्रदेश ४ (मध्यपश्चिम) र नवौं (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति भएको थियो । त्यसै अनुसार नै नवौं गण्डकी प्रदेशमा हुने पक्का भएको हो ।
पोखरामा दोश्रो राष्ट्रिय खेलकुद २०४० मा आयोजना गरेको थियो ।
हाम्रो खेलकुदडटकमबाट।
फोटो : सुदर्शन रन्जितको फेसबुकबाट