भूकम्पले फेरि काठमाडौं हल्लायो, आजै एकै दिन तीन धक्का !
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार १७:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । भूकम्पले फेरि काठमाडौं हल्लाएको छ । बुधबार दिउँसो पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ३।९ म्याग्निच्यूडको कम्पन मापन भएको जनाएको छ ।यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जनाएको छ ।
योसहित बुधबार एकै दिन भूकम्पका तीनओटा धक्का महसुस गरिएको छ ।यसअघि, बुधबारै बिहान ६ बजेर २९ मिनेटमा नौबीसे आसपास नै केन्द्रविन्दु भएको ५।२ म्याग्निच्यूडको पराकम्पन मापन गरिएको थियो ।यस्तै, बुधबारै बिहान ६ बजेर ४० मिनेटमा पुनः नौबीसे आसपास नै केन्द्रविन्दु भएको ४।३ म्यानिच्यूडको कम्पन मापन गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सामान्यतया ४ म्याग्निच्यूडदेखिमाथिका भूकम्पका धक्काको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको छ ।विनाशकारी गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडदेखिमाथिका ५२० ओटा पराकम्पन मापन भइसकेको केन्द्रका भूगर्भ्विद् चिन्तन तिम्सिनाले इमेजखबरलाई जानकारी दिए ।
चार वर्षअघि २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सो भूकम्पमा परी करिब ९ हजारजनाले ज्यान गुमाएका थिए ।