आठौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलको स्वर्ण पदक चुम्यो आर्मीले
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार २०:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष फुटबलको स्वर्ण विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जितेको छ ।साविकको उपविजेता समेत रहेको आर्मीले नेपालगन्ज रंगशालामा बुधबार भएको स्वर्ण भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै स्वर्ण जितेको हो । दुई वर्षअघि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको स्वर्ण भिडन्तमा आर्मी एपीएफसँग २–० ले स्तब्ध बनेको थियो ।
Advertisement
नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमो इन्ज्युरी समयमा विकास तामाङको गोलबाट अग्रता बनाएको थियो । त्यही गोल नै आर्मीको जितमा पर्याप्त बन्यो । कप्तान भरत खवासको फ्रिकिकमा विकास खवासले मिलाईदिएको हेड पासमा विकासले क्लोज रेन्जबाट हेडमार्फत नै गोल गरेका थिए।
दोस्रो हाफमा दुवै टोलीले गालको प्रयास गरेपनि गोल गर्न असफल हुँदा आर्मी १–० ले नै विजयी हुन सफल भयो ।