पौडीमा गौरिका सिंहले एक्लै १२ स्वर्ण जितिन्
प्रकाशित मिति : २०७६, १२ बैशाख बिहीबार १०:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा एक्लै १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् ।नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले यो दुरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् । यस्तै एक सय मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितेकी हुन् ।
Advertisement
उनले निर्धारित दूरी एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गरिन् । यस अघि गौरिकाले सो दूरी एक मिनेट नौ दशमलव ३० सेकेण्डमा पूरा गरेकी थिइन् । गौरिकाले महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन् । यस्तै उनले महिला चार गुणा एक सय मिटर रिलेमा समेत स्वर्ण पदक जितिन् ।
गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् ।
धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको उनले बताइन् । ‘राष्ट्रिय खेलकूदमा जितेको पदकले थप हौँसला मिलेको छ”, उनले भनिन् ।
यसअघि पाँचौ राष्ट्रिय खेलकूदमा पौडी खेलाडी करिश्मा कार्कीले पनि १२ स्वर्ण पदक जितेकी थिइन् ।