आखिरकार अध्यक्ष भिम ओली हिरो साबित भए!
प्रकाशित मिति : २०७६, १२ बैशाख बिहीबार १०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २ बर्ष भित्र गरि मध्य पश्चिम् खेलकुद बिकास समितीका अध्यक्ष एउटा नयाँ इतिहास कायम गरेका छन् । कयौ बाधा र अडचनका साथ प्रतियोगिता सम्पन्न गराउन लागीपरेका अध्यक्ष भिम ओली आखिरकार सफल भए। धेरैजसोले भौतिक पुर्बाधार निर्माण सम्पन्न नहुने हो कि भन्ने शंका गरिरहेकै बेलामा अध्यक्ष ओलीले प्रतियोगितालाई धुमधाम सग सम्पन्न गराएका छन।आखिरकार ओली हिरो साबित भए। प्रदेश नम्बर ५ बासिहरुको बधाईको पात्र बनेका छन् भिम ओली।जे होस अध्यक्ष ओलीले अब राष्ट्रिय खेलकुद प्रतियोगिता सबैले २ बर्षभित्रै गराउन पर्छ भन्ने बाताबरण समेत सृजना गरेका छन् ।
Advertisement
को-को ले कति पदक ल्याए।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल २ सय ८८ पदक जित्दै नेपाल आर्मी च्याम्पियन बन्न सफल भएको छ । उसले कुल १ सय ४० स्वर्ण,८१ रजत र ६७ कास्य पदक गरेर कुल २ सय ८८ पदक जित्न सफल भएको छ । आर्मीले कुल १ हजार १ सय ३९ पदकका लागि भएको प्रतिपस्र्धामा सर्वाधिक २ सय ८८ पदक जित्दै च्याम्पियन बन्न सफल भएको हो ।
बुधवार समापन भएको राष्ट्रिय प्रतियोगिताको प्राप्त नतिजा अनुसार नेपाल पुसिल १ सय ५७ पदक जित्दै द्वितीय बन्न सफल भएको छ । नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कास्यसहित १ सय ५७ पदक जित्न सफल भएको छ । ५३ स्वर्णसहित २ सय ३ पदक जितेपनि एपिएफले तृतीय भएको छ । प्रतियोगिता अन्तर्गत प्रदेश नं ३ २२ स्वर्णसहित १ सय २२ पदकमा चौथो हुन सफल भएको छ ।
त्यस्तै गण्डकी प्रदेशले १२ स्वर्णसहित ७७ पदक, प्रदेश नं ५ ले ११ स्वर्णसहित ८५ पदक, प्रदेश नं १ ले ९ स्वर्ण सहित ८८ पदक, सुदुरपश्चिमले ८ स्वर्ण सहित ५४ पदक, प्रदेश नं २ ले ६ स्वर्णसहित ३३ पदक, गैरआवासीय नेपाली सघंको टोलीले ६ स्वर्ण पदकसहित १३ पदक र कर्णाली प्रदेशले ३ स्वर्ण पदकसहित १३ पदक हात पार्न सफल भएको छ ।
आठौं राष्ट्रिय प्रतियोगितामा ७ प्रदेश, तीन वटा विभागिय टिम र गैरआवासीय नेपाली संघसमेत गरी ११ टिमको सहभागिता थियो । अधिकांस खेलहरु प्रदेश नं ५ मा भएका हुन् । दाङ, बाँके, रुपन्देही, ललितपुर र पोखरामा प्याराग्लाईडिङ खेलहरु खेलाइएका थिए । टिम गेमहरु जस्तै व्याटमिन्टन, टेवलटेनिस अनौपचारिक रुपमा चैत २७ गतेदेखि दाङ लगाएतका जिल्लाहरुमा सुरु भएका थिए । तर प्रतियोगितको औपचारिक रुपमा उद्घाटन भने बैशाख ५ गते राष्ट्रपतिले बाँकेमा गरेकी हुन् ।
बुधवार बाँके आएर नेपालगंज रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय खेलकुदको समापन गरेसँगै आठौं राष्ट्रिय प्रतियोगिता विधिवत रुपमै सपमान भएको छ । यसैबीच नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको छ ।
महिला फुटवलको उपाधि एपिएफलाई
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटवलको च्याम्पियन सशस्त्र प्रहरी बल एपिएफ भएको छ । बुधवार बेलुका दाङ तुलसीपुरस्थित बेलुझुण्डी रंगशालामा भएको फाइनल भिडन्तमा नेपाल आर्मीलाई ट्राईब्रेकरका आधारमा एपिएफले पछाडि पारेको हो । निर्धारित अवधिमा दुबै टिम गोलरहित बराबरी खेल पछि खेल ट्राईब्रेकरमा गएको थियो ।
सुरुमै आर्मीकी निशा बोहरालले गोल गर्न चुकिन । तर एपिएफको तर्फबाट सावित्रा भण्डारीले पहिलो गोल गरेकी थिइन । एपिएफकी किप्परले एउटा गोल रोक्न सफल भएकी थिइन भने आर्मीको किप्परले पनि एउटा गोल रोक्न सफल भएकी थिइन । आर्मीको तर्फबाट अर्की एक खेलाडीको प्रहार गरेको गोल पनि पोलमा लागेर बाहिरिएको थियो । त्यस्तै एफिएफकी अनिता बस्नेत पनि गोल गर्न चुकिन । ट्राइबेकरमा एपिएफले चार गोल गरेको थियो भने आर्मी तीन गोल गरेको थियो ।
नेपाल पुलिस तृतीय स्थानमा चित्त बुझाउन बाध्य भएको छ। बुधबार बिहान बेलझुण्डी रंगशालामा भएको खेलमा प्रदेश ३ नं र पुलिस बीच भएको खेलमा निधारित समयमा बराबरी खेलेका थिए। त्यसपछि खेल ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा पनि समान गोल भएपछि शर्ट एण्ड डेथका आधारमा पुलिसले ३ नं। प्रदेशलाई जितेको हो । यो दुई टिमले खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए ।
दोस्रो हाफको २७ औं मिनेटमा प्रदेश ३ को जर्सी नम्बर ७ की मनिषा थापाले गोलको खाता खोलेकी थिइन । तर लगत्तै ३४औं मिनेटमा पुलिसको तर्फबाट जर्सी नम्बर १४ की निरु थापाले जवाफी गोल फकाउँदै खेल बराबरीमा पु¥याउन सफल भएकी थिइन । निर्धारित समयमा समान एक÷एक गोलको बराबरी खेलेपछि जितका लागि ट्राइबेकरमा गएको थियो । तर ट्राइबेकरमा दुबै टिमको समान ४ ÷४ को भएपछि अन्तिम नतिजा शर्ट एण्ड डेथका आधारमा निकालिएको हो ।
पुरुष फुटबलको उपाधि आर्मीलाई
आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ । बुधबार नेपालगंज रंशालामा उपाधिका लागि भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी विजेता बन्न सफल भएको हो। आर्मीका लागि खेलको ४३औं मिनेटमा जर्सी नं। ४ का विकास तामाङले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
यसैबीच बुधबार नै भएको त्यसअघिको प्रतियोगितामा प्रदेश नं ५ लाई ७–१ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफले तृतीय हुन सफल भएको छ ।