कतारका लागि नेपाली राजदूत फिर्ता बोलाउने सरकारको तयारी
प्रकाशित मिति : २०७६, १२ बैशाख बिहीबार १९:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमायौं । सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता गोकुल बाँस्कोटाले कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभएको हो ।
Advertisement
तर फिर्ता बोलाउनुको कारण भने खुलाउनुभएको छैन । फिर्ता बोलाउनुको पत्रकारको पश्नमा मन्त्री बास्कोटाले सरकारलाई फिर्ता बोलाउन आवश्यक लाग्यो, बोलायोु, भनेर जवाफ फकाउनुभएको थियो । मन लाग्यो बोलायो। पहिला पनि बोलाइराखेको हो।’ कारण किन चाहियो भन्दै उल्टै पत्रकारलाई प्रति प्रश्न गर्नुभयो ।
कोइरालालाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको थियो। उनी कांग्रेसी कोटामा राजदूत भएको थियो । कोइराला राजदूतमा अनुमोदन हुनु अघि कोइरालाविरूद्ध संसदीय सुनुवाइमा स्वार्थ बाँझिएको उजुरी परेको थियो । राजदूत हुन जान लागेको देशमा नै कामदार पठाउने काम गरेको उजुरी’ कोइरालामाथि परेको थियो ।