सरकारी कागज किर्ते र हत्या अभियोगमा १६ जना जेल चलान, ३ जना धरौटीमा रिहा
प्रकाशित मिति : २०७६, १३ बैशाख शुक्रबार २१:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । सरकारी कागज किर्ते हत्या गरेको अभियोगमा १६ जनालाई जेल चलान गरिएको छ। जग्गाको काम गर्ने नेपालगंज ३ बस्ने खैरुल हसन अन्सारीले जुनेद अन्सारी जयसपुुर नेपाल्गन्जको हत्या गरेको अभियोगमा खैरुल हसन अन्सारी र सज्जन सैयालाई जेल पठाइएको छ।
Advertisement
जुनेदलाई माघ १० गते जग्गाको विषयमा कुरा गर्नलाइ चार वाहिनी चोकमा बोलाएर अपहरण गरी भारतको बाबागंज एरियामा हत्या गरि फालिएको थियो।
माघ २२ गते सांझ भारत बाबागंजमा जुनेद अन्सारीको एउटा हात, एउटा खुट्टा काटिएको र जल्दै गरेको अवस्थामा बहराइचको नवाबगंज प्रहरीले लाश फेला पारेको थियो।
जुनेद अन्सारीको श्रीमती गौरी मल्लले नेपालगन्ज फुल्तेक्रा स्थित फत्तेबाल आँखा अस्पतालमा आएका भारतीयहरुबाट बाबागन्जमा एउटा बेवारिसे लास फेला परेको भन्ने कुराको जानकारी पाइन् । त्यसपछि गौरी भारत नवाबगंजमै गई शव सनाखत गरेेेकि थिइन। जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण गरी हत्या गरेको सम्बन्धमा जाहेरी दरखास्त दर्ता भए पश्चात अनुसन्धान गर्दै जाँदा निज खैरुल हसन अन्सारी सहित नेपाल र भारतका अन्य ५ जनाको संलग्नतामा निज जुनेद अन्सारीलाई अपहरण गरी कर्तब्य गरी हत्या गरेको खुल्न आएको हो ।
उल्लेखित घटनाको अनुसन्धानको क्रममा खैरुल हसन अन्सारी र (मृतक) जुनेद अन्सारीले बाँके र बर्दियाका मालपोत कार्यालयका कर्मचारीहरुसंग मिलि सरकारी जग्गाका सक्कल कागजातहरु आफ्नो नियन्त्रणमा लिई मालपोत कार्यालयका कर्मचारीको सेटिङमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराएका थिए। सोही क्रममा निजहरुले जिल्ला बाँके खास कारकाँदो वडा नं. ०७ को कित्ता नं. २१० को ५ कट्ठा १३ धुर, सिक्टा सिचाई आयोजनाको कम्पाउण्ड भित्रको जग्गा ९ महिना पहिला खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेको पाइएको छ।
त्य्स्तै नेपालगंज उप-महानगरपालिका वडा नं. ३ कित्ता नं. १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेद अन्सारीको सासु लालि मल्लको नाममा ८ महिना पहिला जग्गा धनि दर्ता श्रेस्ता कायम गरेको पाइएको छ।
सोही अनुसार बर्दिया नेउलापुर ७ को कित्ता नं. १९१ ९(ख), ७, ८, ५०, ६१, ६३ को ६ बिगाह ३ कट्ठा १४ धुर सरकारी जग्गा ७ महिना पहिला खैरुल हसन अन्सारीको बाबुको नाममा दर्ता श्रेस्ता कायम गरी मिति २०७५।०९।१२ गते आमा हसरतुन निसा अन्सारीको नाममा नामसारी गरेको अनुसन्धानबाट खुल्न आएको छ । बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता (सक्कल कागजात) खैरुल हसन अन्सारी बाट जुनेद अन्सारीले आफ्नो कोठामा राख्ने गरेकोमा खैरुल हसन अन्सारीले जुनेद अन्सारीसंग उक्त जग्गाका कागजातहरु पटक पटक नष्ट गर्नका लागि माग गर्ने गरेको पाइएको छ।
मृतक जुनेद अन्सारीको कोठाबाट उल्लेखित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी भएका सक्कल कागजपत्रहरु बरामद भएका थिए ।
जिल्ला अदालत बाँकेले जुनेद अन्सारीको अपहरण गरी हत्यामा संलग्न अभियुक्तहरु खैरुल हसन अन्सारी र सज्जन सैया तथा सरकारी कागज किर्ते गरी जग्गा आफन्तको नाममा श्रेस्ता कायम गरी नामसारी गर्ने कार्यमा संलग्न मालपोत अधिकृत लगायतका कर्मचारी १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उल्लेखित घटनामा संलग्न अन्य १ जना भारतीय नागरिक सहित ११ जना फरार रहेको हुँदा खोजतलास कार्य भईरहेको छ ।
ज्यान मार्ने उधोगमा रहेका ब्यक्तीहरु-
फैरुल हसन अन्सारी , बच्छा राज लोनिया, अकबर अलि खा, मुल्ला भनिने शब्बिर अहमद सिद्दिकी र सज्जन सैया रहेका छन् । यी ५ जना मध्य फैरुल र सैया जेल चलान भएका छन् ।
सरकारी कागज किर्ते गर्नेहरु मालपोत बाँकेका कर्मचारी –
लेखनदास बृश्पती सिङ खड्का देखि तल्लो तहका कर्मचारी टंक प्रसाद शर्मा, पुश्पा श्रेष्ठ, प्रेम बहादुर चन्द, यज्ञस्वर ओलि,राम बहादुर खड्का,रुद्र बहादुर देबकोटा,सन्जय कुमार ठाकुर, अन्तराम चौधरी, सुशील रिजाल र मान बहादुर केसि रहेका छन् ।
सरकारी कागज किर्ते गर्नेहरु मालपोत बर्दियाका कर्मचारी
लेखनदास पप्पु धोबीदेखि कर्मचारीहरुमा भुमीराज पोखरेल, कृष्ण लाल शर्मा, राम कुमार रोका, लक्ष्मण मल्ल, तुल्सीरानी थारु रहेका छन् ।
सोही किर्तेमा ३० जना प्रतिबादी मध्यमा ११ जना फरार रहेका छन् ।फरार रहेकाहरुमा बर्दियाका कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली ( उपसचिब) र बाँकेका कार्यालय प्रमुख दिर्घ राज पोखरेल कुलानन्द रावत,सुर्य प्रसाद उपाध्याय रबिन्द्र बहादुर थापा लगायत अधिकृत सहित११ जना रहेका छन्।
सरकारीवकिल कार्यालयका सहायक जिल्ला न्यायधिबक्ता निराजन शर्माका अनुसार फरार रहेकाहरुको बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने भएको छ।
धरौटीमा रिहा हुनेहरुमा बाँके मालपोतका प्रेम बहादुर चन्द, बाँकेकै सन्जय कुमार ठाकुर र बर्दियाकि तुल्सीरानी रहेका छन् ।
त्य्स्तै हत्या अभियोग लागेका बच्छा राज लोनिया, अकबर अलि खा, मुल्ला भनिने शब्बिर अहमद सिद्दिकीहरु फरार रहेको शर्माले बताए।