नेपालगन्जमा आज पनि अत्याधिक गर्मी, आइसक्रीमको सहारा लिइदै
प्रकाशित मिति : २०७६, १४ बैशाख शनिबार १५:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जमा आज पनि अत्याधिक गर्मी भएको छ। शुक्रवारझै आज पनि नेपालगन्जबासीहरुले चर्को गर्मीको सामना गर्नु परेको छ।जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार आज ( शनिबार ) अधिकतम् तापक्रम ४०.० डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २१.० डिग्री सेल्सियस रहेको थियो।
Advertisement
शुक्रवारभन्दा १ डिग्री कम भएपनि केहिबेर पछि तापक्रम बढने मौसम बिज्ञान प्राबिधिक बल बहादुर बिकले जानकारी दिएका छन्। उनका अनुसार तापक्रम बढ्न सक्छ।’
नेपालगन्जमा गर्मी बढे सगै बजारमा भिडभाड समेत कम भएको छ। धेरै जसो ब्यक्तीहरु गर्मीले गर्दा शरीरलाई चिसोपना दिन आइसक्रीममा पसलमा धाएका छन् भने बिच बाटोमा ट्राफिक ब्यबस्थापन गरिरहेका ट्राफिक प्रहरीहरुलाई गर्मीले ब्याकुल बनाएको देख्न सकिन्छ।