ट्राफिक सप्ताह: नेपालगन्जमा आइतबार बिहान जेब्रा क्रसिङ र पार्किङ बारे जनचेतना दिईयो
प्रकाशित मिति : २०७६, १५ बैशाख आईतवार ११:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जमा आइतबार बिहान ट्राफिक प्रहरीले जेब्रा क्रसिङ र पार्किङको बारेमा जनचेतना दिएको छ।”सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिबारदेखि ट्राफिक सप्ताह सुरु भए सगै यी कार्यको सुरुवात गरेको छ। आज बिहान ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा मोटरसाइकल कसरी पार्किङ गर्ने बारेमा सम्बन्धित सवारीधनीहरुलाई सम्झाई बुझाई गरेको छ।
Advertisement
पार्किङ स्थल निर्माण गरिसक्दा पनि आम नागरिकमा पार्किङ कसरी गर्ने भन्ने बारेमा अझै ज्ञान नभएको हुँदा यो कार्य गरिएको नेपालगन्ज ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भिमराज ओलीले बताए।त्य्स्तै सवारी चाप र बढीरहेको दुर्घटनालाई कम गर्न नेपालगन्जमा ठाँउ ठाँउमा जेब्रा क्रसिङ समेत बनाइएको छ। तर पनि बटुवाहरुलाइ जेब्रा क्रसिङबाट कसरी सडक पार गर्ने भनेर नेपालगन्जको पुष्पलाल चोकमा सिकाइएको छ। नेपालगन्ज बसपार्क ट्राफिक इकाईले आज बिहान सयौं बटुवाहरुलाई कसरी सडक पार गर्ने र जेब्रा क्रसिङ भन्ने बारेमा जनचेतना दिएको प्रहरी सहायक निरीक्षक पदम शाहीले बताए।
ट्राफिक सप्ताह सुरु भएसगै आगामी शनिबार सम्म यस्ता कार्यलाई निरन्तरता दिने र सम्बन्धित सबैलाई सम्झाउने कार्यक्रम रहेको बाँके जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले बताए। निरीक्षक रोकायाका अनुसार यो जनचेतना अभियानमा मोटरसाइकललाई मात्र नभई बस, जिप, ट्रक लगायत साइकल चालाउने र बटुवाहरुलाई समेत ट्राफिक चेतना दिने भएको छ।यो अभियान अन्तर्गत आज साझ नेपालगन्जको बिपि चोकमा स्वारीधनीहरुलाई जनचेतना दिने भएको निरीक्षक रोकायाले बताए।