महिलाबेचविखन तथा तस्करी विरुद्ध सरकार किन मुखदर्शक ?
प्रकाशित मिति : २०७६, १६ बैशाख सोमबार १४:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल । गएको साउनमा दिल्ली महिला आयोगको टोलीले मध्यरातमा १६ नेपाली महिलाको ‘उद्दार’ गर्यो । मानव तस्करले कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठामा करिव ८ महिनादेखी बन्धक बनाइ राखीएको अवस्थामा ‘उद्दार’गर्यो ।
Advertisement
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवाल दिल्ली प्रहरीलाई लिएर उनी राति साढे १ बजे महिलाहरु बसेको घरमा छापा मारिएको मालिवालले ट्वीटरमार्फत् जानकारी दिइन् । वैदेशिक रोजगारीको आश देखाएर दलालले ती महिलालाई बेचबिखन गर्न दिल्ली ल्याइएको थियो । त्यसको एक साता वित्न नपाउदै मैदानगडीबाटै १६ महिला र र पहाडगञ्जबाट ३९ जना महिला भारतबाट उद्धार गरी नेपाल ल्याइयो । करीव त्यसयता मात्रै करिव ७२ महिलाको सामूहिक उद्धार गरीएको थियो ।
खुला सिमाना भएकाले भारत र नेपाल सहज आउ–जाउ छ । रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, नेपालगन्जको रुपैडिया र कञ्चनपुरको महेन्द्रनगर ठूला नाका हुन् । पूर्वमा पनि वीरगन्ज, जोगवनी, काँकडभिट्टा लगायतका नाका छन् । दुई देशबीच खुला सिमाना छ । खुला सिमाना र सहज आउ–जाउ हुनाले नेपाली महिलालाई विभिन्न बहानामा सीमा कटाउने गरिएको छ ।
राजनीतिक अस्थिरताका कारण मुलुकमा रोजगारी समस्या बढेको छ । अहिले राजनीतिक पहुँच वा आफ्नै लगानीमा मात्र रोजगारी सम्भव देखिन्छ । गरिब तथा निम्न वर्गका लागि रोजगारी आकाशको फलसरह छ । आयस्रोत नभएका युवती काम खोज्दै भारत वा खाडी मुलुक जान लालायित छन् । त्यसैको फाइदा केही दलालले उठाइरहेका छन् ।
नेपालले घरेलु कामदार पठाउन रोक लगाएपनि दलालहरुले चोरबाटोबाट दुबई, इराक, ओमन जस्ता खाडी देशमा पठाउने गरेका छन् । त्यसका लागि दिल्ली र्पुयाएकाहरुलाई महिनौंसम्म निजी घर र होटलमा राख्ने गरेका छन् । दिल्ली हुँदै खाडी र मध्यपूर्वमा नेपाली महिलाहरू काम गर्न जाने गर्छन ्। तीमध्ये कतिपयलाई दलालले नक्कली पासपोर्ट र अर्कैको भिसामा पठाउने गरेका छन् ।
नेपाल सरकारले २०७१ असोजदेखि जोर्डन बाहेक कुनै पनि देशमा घरेलु महिला कामदार जान सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले रोक लगाए पनि विदेश जाने घरेलु कामदारको संख्या घटेको छैन, बढेको छ भन्ने तथ्यहरूले देखाएको छ ।
कोही व्यक्ति आफ्नो रहरले बेचिन चाहँदैन । अवसरको खोजी गर्ने क्रममा त्यस्तो स्थलमा आइपुग्छ । मानव बेचबिखन एकैपटक आएको होइन, धेरै कारण जोडिएका छन् । स्थानीय स्तरमा अवसरको कमी, अशिक्षाले मानिसलाई यस्तो स्थितिमा ल्याइर्पुयाउँछ । योभन्दा महत्त्वपूर्ण पाटो घरेलु हिंसा पनि खासगरी महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुने गरेका छन् । त्यस्तो हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्छन् । तसर्थ बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी छ ।
बेचबिखन र तस्करीका घटना दिनहुँ बढिरहेका छन् । कुनै न कुनै बहानामा यस्ता घटनाहरू बढिरहेको पाइन्छ । आफ्नो नाम लेख्न नजान्ने, आंैठाछाप लगाउने महिला दिदीबहिनीहरू हाम्रै एयरपोर्टबाट उडेर काम गर्न अर्को देश गइरहेको अवस्था छ । क्षमता बिना बाहिर जाँदा ती दिदीबहिनीले के काम पाउलान् ? यहाँ पनि दुःख पाएर अवसर खोज्न गएका हुन्छन् । त्यहाँ पुगेपछि दुःखको चरम रूप सहन बाध्य हुन्छन् । बेचबिखन रोक्न अर्को चाल्नैपर्ने कदम विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु हो । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी छ ।
तर हाम्रा बालबालिकाले पढ्ने पुस्तकहरू समयसापेक्ष छैनन् । समाजमा तुरुन्तै लागु गर्न सकिने किसिमका पाठ्यसामग्रीहरू समावेश गर्न जरुरी छ । साथै रोजगारीका लागि जाने व्यक्तिलाई शिक्षा दिने, गलत बाटोबाट जाँदा पर्ने असरका बारेमा जानकारी गराउने गर्नुपर्छ । मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई यसका बारेमा धेरै ज्ञान दिन जरुरी छ । सहरी क्षेत्रमा भएका प्रहरी कार्यालयमा यस बारेमा थाहा भए पनि ग्रामीण बस्तीका चौकीमा यसको ज्ञान भएको पाइँदैन । उनीहरूलाई बेचबिखन सम्बन्धी अपराधको गाम्भीर्यता बुझाउन जरुरी छ ।
अधिकांश महिला काम के हो, त्यहाँबाट फर्किन सकिन्छ कि सकिन्न भन्ने नबुझी विदेश जान्छन् ।
उनीहरूले विदेश गएपछि टन्न कमाइन्छ भन्नेमात्र सोचेका हुन्छन् । आफूसँग भएको पैसा दलाललाई दिएर सिध्याउँछन् । अर्काको लहैलहैमा लागेर पैसा होइन, दुस्खकष्ट कमाउँछन् । वैदेशिक रोजगार जोखिमपूर्ण भएकाले महिलाले मुलुकमै सीप सिक्ने, रोजगार पाउने वातावरण सरकारले तयार गरिदिनुपर्छ । विदेश जानै खोज्नेलाई वैधानिक बाटो रोज्न लगाउनुपर्छ ।
मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागि अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानूनबमोजिम बाहेक भुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्य लाई मानव बेच–बिखनको कार्य भनिन्छ ।
भने मानव ओसारपसार भन्नाले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी नाजूक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियान्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्य लाई जनाउछ । भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढदो राजनीतीक अस्थीरता आदिका कारणहरुले गर्दा बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेचबिखन भइरहेका छन् ।
नेपालमा यस्ता किसमको गम्भीर अपराधलाई राज्यले खासगरी प्रथम पल्ट लिखित कानुन निर्माण भएको मानिने मुलुकी ऐन १९१० वाट उपचार दिने गरि मानव बेच–बिखन गर्ने कार्यलाई रोक लगाएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा अर्थात् १९८२ बैंशाख १ गते नेपालमा दाश प्रथा उन्मूलन गर्ने घोषणा समेत भएको थियो ।
त्यस्तै गरी मुलुकी ऐन २०२० जारी भएपश्चात् उक्त ऐनमा छुट्टै महल नै खडा गरी जीउ मास्ने बेच्नेको महल अन्तर्गत जीउमास्ने बेच्ने अपराधलाई कानूनी रुपमा दण्डनीय अपराध मानिएको थियो । यसका अलावा, राज्यले यस अपराधलाई अझ कडा कानुनी कारवाही गरि उपचार दिलाउन जीउमास्ने बेच्ने कार्य ‘नियन्त्रण’ ऐन २०४३ निर्माण गरी यो अपराधलाई विषेश अपराधको रुपमा वर्गीकरण गरेको थियो । हाल उक्त ऐनलाई खारेज गरी ‘मानव बेचविखन तथा ओसारपसार ‘नियन्त्रण’ ऐन, २०६४’ लागु रहेको छ ।
यस्तो अपराध प्रमाणित भएमा कसुर अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुन्छ । कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसूरको मात्राअनुसार दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था ऐनले गरेको छ ।
साथै किन्ने बेच्ने व्यक्ति र कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने व्यक्ति एउटै भएमा निजलाई किन्ने वा बेचे वापत र कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाएवापत छुट्टाछुट्टै सजाय हुने ब्यवस्था रहेको छ ।
पीडितको स्वीकृति नलिई निजको वास्तविक नाम, तस्वीर र निजको चरित्रमा प्रतिकूल हुने कुनै विवरण पत्रपत्रिकामा छाप्न वा अन्य सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्न नपाइने कानुनी ब्यवस्था रहेको छ । नाम, तस्वीर, विवरण छाप्ने वा प्रचारप्रसार गर्ने व्यक्तिलाई दश हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ब्यस्था कानुनमा रहेको छ ।
मानव बेच–बिखन तथा ओसार पसारसम्बन्धी अपराधको उजुरी जोकोहीले जुनसुकै बेलामा पनि दिन पाउने कानुनी ब्यवस्था रहेको छ । यस्तो मुद्धा गर्न हदम्याद तोकीएको छैन ।
मानव बेचबिखन तथा ओसारपसार अपराध भएको वा भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले सबूत प्रमाण खुलाई यथाशीघ्र सो कुराको लिखित दरखास्त वा मौखिक सूचना नजीकको प्रहरी कर्यालयमा दिएमा सोही इलाका बाट मुद्धाको कारवाही अगाडी बढाइने कानुनी प्रस्ट प्रावधान छ ।
नेपालमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध गम्भीर समस्याको रुपमा रहेको छ । यसलाई रोकथाम गर्नका लागि कडा कानून लागु गरिएको भएतापनि ब्यवहारमा अहिले पनि कयौ पिडितहरुले कानूनी उपचार पाउन सकेका छैनन् ।
यस्तो कार्यलाई निस्तेज पार्नका लागि जव सम्म राज्यबाट कडा कदम चालिदैन तव सम्म जति सुकै कडा कानून लागु भए पनि पिडितहरुले अन्याय सहेरै बस्नु पर्ने अवस्था छ । आशा गरौ मुलुकमा अव आउने नँया संविधान पस्चात राज्यबाट यस्तो अपराधलाई निस्तेज पारि पिडितहरुलाई राहत दिलाउनका लागि प्रभावकारी कदम चालिनेछ ।
पत्रकार कमला हमाल महिलाअधिकार तथा मानववेचविखन विरुद्ध कमल चलाउनुहुन्छ ।