शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार विश्वका टप ५० नेत्रीको सूचीमा !
प्रकाशित मिति : २०७६, १६ बैशाख सोमबार १८:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार अमेरिकाको फर्च्यून म्यागेजिनले यस वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीभित्र पर्नुभएको छ ।
मानव बिचेबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत रहेकी दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) मा पर्नुभएको हो ।
अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा समेटेको छ । मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले सूचीमा परेको म्यागेजिनले जनाएको छ ।
शक्ति समूहको कार्यकारी निर्देशकका रुपमा कार्यरत दनुवार आफैं पनि बेचबिखन प्रभावित हुन् । १४ वर्षको उमेरमा भारतको बेश्यालयमा बेचिएकी दनुवार ६ महिनापछि मुक्त हुन सफल हुनुभएको थियो । उहाँ र चरिमाया तामाङलगायतको अगुवाइमा शक्ति समूह गठन भएको हो ।
नेपालबाट बर्सेनी करिब १५ हजार किशोरी बेचबिखन हुने र उनीहरूलाई तस्करी गरी भारतलगायत मुलुकमा यौन व्यापारमा लगाइन्छ ।शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको म्यागेजिनमा उल्लेख छ ।विश्वका ५० नेतृत्वदायी सूचीमा न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आर्डन, बिल गेट्स पत्नी मेलिन्डासहित परेका छन् ।