ट्रकले ठक्कर दिँदा ज्यान गुमाएकी रावल परिवारलाई क्षतिपूति दिने सहमतिपछि राजमार्ग खुल्यो
प्रकाशित मिति : २०७६, १७ बैशाख मंगलवार १८:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
धनगडि । कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाएकी युवतीको परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्ने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ ।
दोषीलाई कानुनबमोजिम कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि स्थानीयले प्रदर्शनका कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले उक्त सहमतिपछि राजमार्ग सुचारु भएको जानकारी दिनुभयो ।
राजमार्ग सुचारु भएसँगै सडकमा रोकिएका सवारी–साधन गन्तव्यतर्फ लागेका छन् ।आज ट्रकको ठक्करबाट रावलको ज्यान गएपछि स्थानीयले लम्कीबजारमा प्रदर्शन गर्दैै सडक अवरुद्ध पारेका थिए ।
प्रदर्शनले उग्ररुप लिएको थियो । प्रदर्शनकारीले हानेको ढुंगा लागेर सातजना प्रहरी घाइते भएका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत् २३ वर्षीया छात्रा सुनिता रावलको मृत्यु भएको हो ।