तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने
प्रकाशित मिति : २०७६, १९ बैशाख बिहीबार १७:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । वैशाख १२ को भूकम्पपछि अबरुद्ध रहेको तातोपानी नाका जेठ १७ देखि सञ्चालनमा आउने जानकारी दिनुभएको छ । मन्त्री ज्ञवालीले चीनसँग भएको सम्झौता ऐतिहासिक भएको जानकारी दिँदै चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्ता गरिएको र चिनियाँ पक्ष यसबारे सकारात्मक रहेको जानकारी पनि दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले यसबारे जानकारी दिनुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिएको र यसबारे चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी पनि गराउनुभएको छ । केरुङबाट काठमाडौँ आउने रेलमार्गको सम्भाव्यता अध्ययन पनि चाँडै थाल्ने जानकारी पनि मन्त्री ज्ञवालीले दिनुभयो ।
त्यस्तै भूकम्पपछिको पुननिर्माणका लागि साउदी अरेबिया सरकारले ३ अर्ब ३३ करोड रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को बैठकले साउदी सरकारले उपलब्ध गराउने सो रकम स्वीकृत गरिसकेको जानकारी दिनुभयो । त्यस्तै मन्त्रिपरिषदले हातहतियार तथा खरखजना नियमावली २०२८ को अनुसूचि ११ (क)मा संशोधन गर्ने निर्णय गरेको छ।
Advertisement