प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडिया भ्रमणमा जादै
प्रकाशित मिति : २०७६, १९ बैशाख बिहीबार १८:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडिया भ्रमणमा जानुुहने भएको छ । प्रधानमन्त्री ओली मे महिनाको ९ देखि १३ सम्म भियतनाम र १३ देखि १५ सम्म कम्बोडियाको भ्रमणमा जान लाग्नुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओलीले भियतनाम भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित वुद्ध सम्मेलनमा सहभागी जनाउनुहने छ । भियतनामले ३० वर्षयता गरेको तीब्र आर्थिक प्रगति र उक्त देश विश्वभरका लगानीकर्ताको आकर्षणको केन्द्र भएकाले उनीहरुको अनुभवबाट नेपालले सिक्न सक्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।
भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।