दाङमा फैलियो झाडापखाला,२० जना भन्दा बढी बिरामी
प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार ०८:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौ । दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ। शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।
उहाँका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन्।बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ। तर, झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताउनुभयो । गएको वर्ष पनि दाङका शान्तिनगर–३ मा झाडापखाला फैलिएको थियो।