नेपालगन्जको जमुनहामा पार्किङको समस्या
प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार १४:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज।पर्याप्त पार्किङ्ग स्थलको व्यवास्था नभएपछि नेपालगन्जको जमुनहा नाकामा अटो रिक्सा र टेम्पोहरुले जथाभावी पार्किङ गर्दा समस्या उत्पन्न भएको छ।सडकमै टेम्पो र अटो रिक्सा पार्किङ गरेपछि यात्रुहरुलाई नेपाल भारतको सिमानामा आउने जानेमा धेरै सस्ती भोग्नु परेको छ।भारतवाट आउने ठूला देखि साना गाडीहरुलाई आवत जावत गर्न समेत गाह्रो भएको छ । जिल्ला ट्राफिक बाँके र नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गर्न निष्चिट ठाँउ तोके पनि अटो र लगायत कयौं सवारी साधनले सडक कब्जा गरी पार्किङ गर्न थालेपछि यात्रुलाई धेरै नै सस्ती भोग्नु परेको नेपालगन्ज बासीहरु बताउछन् ।
Advertisement
रुपईडीहा भित्र अटो रिक्सालाई एसएसबिले प्रवेशमा प्रतिबन्ध लगाएपछि जमुनहा नाकाको सडकमै अटो रिक्साको भिडभाँड लाग्ने गरेको छ।जिल्ला ट्राफिक कार्यालयले बाटोको आधा भागमा निश्चिित ठाँउ किटान गरी पार्किङ गर्ने व्यवास्था मिलाएको नेपालगन्ज ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भिम ओलीले बताए । नेपालगन्जमा ट्राफिक प्रहरीको जनशक्ति केही कम भएकोले पनि सडकमा ब्यबस्थापन गर्न अलि कठिन भएको ओलीले बताए । जमुुुनहा पहिलाको तुलनामा अहिले धेरै राम्रो सुधार समेत आएको ओली बताउछन् ।
त्यस स्थानमा माटो पटान गर्ने कार्य अबको दुई महिना भित्र हुने भएकाले त्यसपछि राम्रो पार्किङ स्थान तयार हुने र त्यस ठाँउमा पार्किङ गरेपटि यात्रु र गाडी चालकलाई सस्ती नहुने नेपालगन्जकामेयर डा. धवल शमशेर राणाले बताए ।