बाँकेमा पनि सुरु भयो काँग्रेसको जागरण अभियान
प्रकाशित मिति : २०७६, २५ बैशाख बुधबार १७:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेपाली काँग्रेसले बर्तमान सरकारले जनता बिरोधी गतिबिधीहरुको नेपालका प्रत्येक जनता बिच पुर्याउन जागरण अभियान संचालन गरेको बताएका छन । राष्ट्रिय जागरण अभियान नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालमा उद्घाटन गदै नेता साउदले राष्ट्रिय जागरण अभियानबाटै नेपाली काँग्रेसका कुनै पनि निर्णय नेताले नभई कार्यक्रताले गर्ने बातावरण बनाउ सकेमात्र आगामी निर्बाचनमा नेपाली काँग्रेस पहिलो पार्टी हुने बताए ।
केन्द्रिय सदस्य साउदले पार्टी भित्र रहेका सबै खाले अन्तर बिरोधलाई समाप्त गर्नका लागी राष्ट्रिय जागरण अभियान संचालन गरेको बताउदै नेपाली काँग्रेसका नेता कार्यक्रताहरुले एकजुट भई अन्तरबिरोध समाप्त पार्ने अभियानमा लाग्नु पर्ने बताए । उनले पार्टीमा रहेको गुटबन्दीलाई समाप्त गर्ने सकिए भने पार्टी समाप्त भएर जाने भएको हुनाले नेता कार्यक्रता सचेत हुन आग्रह गरेका छन ।
राष्ट्रिय जागरअभियानको उद्घाटन नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाको सभापतित्वमा भएको थियो।
Advertisement
कार्यक्रममा पार्टीका बर्तमान सांसद सुरेन्द्र हमाल, पुर्ब सांसदहरु, पुर्ब सभापतिहरु, जिल्ला सचिबहरु लगायत जिल्ला सदस्यहरु सगै अन्य कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।