बाँकेका वरिष्ठ कानुन ब्याबसायी आचार्यले झुक्याएर हाम्रो जग्गा आफ्नो नाममा गराए:पिडित उषा
प्रकाशित मिति : २०७६, २५ बैशाख बुधबार २१:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जमा फेरि पनि भू माफियाहरुको सकृयता बढेको छ।मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा सारेका खवरहरु सार्वजनिक भइरहेका बेला बाँकेमा कानुन व्यवसायीले झुक्याएर एकजना महिलाको जग्गा आफ्नो नाममा गराएका छन् । बाँके डुडुवा गाउँपालिका–२ वेतहनीका उषा कुर्मीको १ विघा १५ कठ्ठा ४ धुर जग्गा उच्च अदालत बार एशोसिएशसन बाँकेका अध्यक्ष समेत रहेका कानुन व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको आरोप लागेको हो । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद वर्मा, रामबहादुर वर्मा र आशाराम वर्माको मिलेमतोमा कानुन व्यवसायी आचार्यले उषाको करोडौं मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित उषाले बताउनुभयो ।
Advertisement
उषाकी आमा लामो समयदेखि पाइल्सको विरामी हुनुहुन्छ । छिमेकी दुर्गा, राम र आशारामले जग्गा विक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई २ कठ्ठा साढे ४ धुर जग्गा साढे २ लाखमा विक्री गर्नुभएको थियो । तर जग्गा पास गर्ने क्रममा २५ लाखमा १ विघा १५ कठ्ठा ४ धुर जग्गा विक्री गरेको सहिछाप गराएर करोडौं मूल्यको जग्गा झ्वाम्प पारिएको हो ।
उषा लेखपढ गर्न जान्नु हुन्न् । रुकोसी र जगदीश कुर्मीकी उषा एक्ली छोरी हो । जगदीशले यसअघि नै छोरीको नाममा जग्गा नामसारी गरिदिसकेको बताउनुभयो । उषाको नाममा रहेको कित्ता नम्वर १८, २४, २० ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ २०७४ मंसिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा विक्री गराइदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौ भन्दै उषा र उषाका बाउलाई भारतमा लगेर करिव ६ महिना उनीहरुले बन्धक बनाएको पीडितले बताउनुभयो ।
भागेर बैशाख १० गते बेतहनी आउनुभएकी उषाले आज नेपालगन्जका पत्रकारहरुसँग कुराकानी गर्दै भन्नुभयो–‘डाक्टर आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर डाक्टर पनि आएन् । म माथि दुर्गा र रामले बलात्कार समेत गरे । भागेर ज्यान जोगायौं ।’ घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन् विक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफु छांगाबाट खसेको जस्तो भएको उहाँले बताउनुभयो । अहिले उषा आफ्ना बृद्ध बुवाआमासँगै न्याय खोज्दै अड्डा अदालत र प्रहरी प्रशासन धाइरहेको बताउनुभयो । तर कानुन व्यवसायी आचार्यले प्रक्रिया पु¥याएर आफुले खरिद गरेको बताउनुभएको छ ।
सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफुले पैसा बुझाए फुकुवा गरि खरिद गरेको बताउनुभयो । पीडितलाई पिरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो उहाँले भन्नुभयो–‘तर अहिलेसम्म पीडित मसँग आउनु भएको छैन् ।’ यो मेरो पेशागत व्यवसायलाई धमिलाउने खेल भयो ।’ केही दिन अघि आचार्यकै ल फर्मबाट अख्तियारले ३ लाख घुस सहित उच्च अदालत नेपालगन्जका टाइपनिष्ट नायव सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो ।