नेकपा बाँकेमा १५५ सदस्यीय जिल्ला कमिटी गठन
प्रकाशित मिति : २०७६, २९ बैशाख आईतवार १७:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको हो । पुर्ब एमालेबाट ८५ र पुर्ब माओवादीबाट ७० जना गरी १५५ सदस्यीय जिल्ला कमिट गठन भएको हो ।
Advertisement
नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले १० प्रतिशत सदस्य पछि मनोनयन हुने जानकारी दिए । नेकपामा नेकपा एमालेका तर्फबाट निर्वाचित तथा मनोनित जिल्ला कमिटी सदस्य, जिल्ला सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्चका सभापति जिल्ला कमिटी सदस्य भएका छन् । एमालेबाट भक्तबहादुर केसी, मञ्जु कोइराला लगायतको नाम जिल्ला कमिटी सदस्यमा परेको छ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट एकतापछि नेपाली काँग्रेसबाट आएका अमर खड्का, नयाँ शक्तिबाट आएका कमल खड्का, बिप्लवबाट आएका अशोक पोख्रेल र मञ्जु रोकाय, नेकपा संयुक्तबाट आएका मोहनलाल सोनखर लगायत जिल्ला कमिटी सदस्य भएका छन् ।
श्रोतका अनुसार पुर्ब एमालेबाट जिल्ला कमिटीमा राख्नका लागि सचिव अशोक कोइरालाले होमनाथ सापकोटा, विजया धिताल लगायतका पुराना नेताको नाम दिएका छन् । अध्यक्ष खरेल र सचिव कोइराला दुबैजना नेकपाको प्रदेश कमिटीका सदस्य हुन् । नेकपा बाँके जिल्ला कमिटी बाँकेको जिल्ला कमिटीको बैठक जेठ १० गते हुनेछ ।