नेपालगन्जकी स्वस्तिका हत्या प्रकरणका आरोपी मुकेश पूर्पक्षका लागि जेल चलान
प्रकाशित मिति : २०७६, ३० बैशाख सोमबार २०:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जकी स्वस्तिका हत्या प्रकरणका आरोपी मुकेशलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ।नेपालगन्ज–१० भृकुटीनगरकी स्वस्तिका लिम्बुको हत्या आरोपमा पक्राउ परेका मुकेश बुढाक्षेत्रीलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाँकेले आदेश दिएको छ ।
Advertisement
न्यायधिश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाका श्रीमान बुढाक्षेत्रीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो ।
१९ बर्षिया स्वस्तिकाको बैशाख १ गते रहस्मयढंगले मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको बताएपनि माइती पक्षले श्रीमान बुढाक्षेत्रीले हत्या गरेको भन्दै आन्दोलन गर्दै आएका छन् । हिंजोदेखि सुरु भएको बहस आज सकिए लगत्तै अदालतले बुढाक्षेत्रीलाई मुलुकी फोजदारी कार्यविधि ऐन २०७४ को दफा ६७ वमोजिम पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
स्वस्तिकाका आफन्तहरुले मुकेशलाई पूर्पक्षका लागि जेल चलान गरिएपनि न्याय पाउनेमा भने शंका व्यक्त गरेका छन् ।