मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल प्रेस युनियन कास्कीद्वारा विरोध प्रदर्शन
प्रकाशित मिति : २०७६, २ जेष्ठ बिहीबार ११:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा । नेपाल प्रेस युनियनले पोखरामा आज बिरोध प्रदर्शन गरेको छ।सञ्चार माध्यममाथि अंकुश लगाउने गरी प्रस्तावित मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार विरोध प्रदर्शन गरेको छ।
Advertisement
वर्तमान सरकारले यो वा त्यो बहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै युनियन प्रदर्शन गरेको हो।
पोखराको महेन्द्रपुलदेखि सुरू भएको विरोध प्रदर्शन चिप्लेढुंगा पुगेर कोण सभामा परिणत भएको थियो।
कोण सभामा प्रेस युनियन नेपालका उपाध्यक्ष रमेश पौडेल, प्रेस संगठन कास्की नेता सन्देश श्रेष्ठ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, उपाध्यक्ष प्रकाश सापकोटा, सचिव प्रदीप पौडेललगायतले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकलाई तत्काल खारेजीको माग गरे।
उनीहरूले प्लेकार्ड र सञ्चार सामग्रीसहित विरोध प्रदर्शन गरेका थिए। पत्रकारलाई लेख्नै बन्देज गर्ने विधेयक आउनु लोकतन्त्रमाथिकै हस्तक्षेप भएको उनीहरूको भनाइ थियो।