उपराष्ट्रपति चिल्ड्रेन गेमका लागि दाङबाट खेलाडी छानिए
प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार १६:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत /दाङ । प्रदेश नं ५ स्तरिय दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेमका लागि दाङबाट खेलाडी छानिएका छन् ।
दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालित जिल्ला स्तरिय छनोट प्रतियोगितामा एथ्लेटिक्स र कराँते खेलका खेलाडी छनोट गरिएको हो ।
जसअनुसार एथ्लेटिक्स छात्रा तर्फ सुशिला चौधरी, करुणा रिजाल, सपना रिजाल, विर कुमारी मगर र मेघा भुषाल छनोट पर्न सफल भए । त्यस्तै छात्र तर्फ दिनेश श्रेष्ठ, चित्र बहादुर बस्नेत, विवश चौधरी, अजित चौधरी र भानुभक्त वली छनोटमा परेको एथ्लेटिक्स प्रशिक्षक पद्मा चौधरीले जानकारी दिएकी छन् ।
त्यस्तै कराँते कुमुते छात्र तर्फ ३० केजी तौल समुहमा उज्वल वुढामगर, ३५ केजीमा विजय खड्का र ४० केजीमा विशेष वुढामगर छनोट परे । त्यस्तै छात्रा कुमुते ३० केजी तौल समुहमा प्रकृती विष्ट, ३४ केजीमा एलिना वुढामगर र ३८ केजी तौल समुहमा कृतिका झाक्री छनोटमा पर्न सफल भए ।
यसैगरी छात्र एकल काता पुरुष तर्फ विशेष वुढामगर र महिलामा एलिना वुढामगर छनोट भएको दाङ जिल्ला कराँते संघका सचिव मोहलाल थापाले जानकारी दिएका छन् ।
जिल्ला छनोटमा परेका खेलाडीहरुले प्युठान जिल्लामा यहि जेठ ९ र १० गते हुने ५ नं. प्रदेश स्तरिय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेममा प्रदेश नं ५ भित्रका अन्य जिल्लाका खेलाडीहरु संग कडा प्रतिस्पर्धा गर्नेछन् ।
Advertisement