मालपोत कार्यालय बाँकेमा कर्मचारीको अभाबले सेवाग्राहीलाई समस्या
प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार १७:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।मालपोत कार्यालय बाँकेमा कर्मचारीको अभाबले सेवाग्राहीलाई समस्या पर्दै आएको छ। सरकारी कागज कृतेमा मालपोत कार्यालयका कर्मचारीहरु जेल चलान भएपछि कर्मचारीको अभाब भएको हो। लामो समय बितिसक्दा पनि आउनु पर्ने अधिकृतहरु अझै सम्म नआउँदा सेवाग्राहीहरुले सास्ती खेप्दै आएका छन् ।
Advertisement
चारजना शाखा अधिकृतको सरुवाको पत्र कार्यालयमा आएको भएपनि लामो समयसम्म कर्मचारी भने हाजिर हुन आएका छैनन् । उपसचिव कार्यालय प्रमुख रहेको त्यस मालपोतमा अन्य ५ जना शाखा अधिकृतको दरबन्दी रहेको छ । तर दुई महिनादेखि एकजना पनि शाखा अधिकृत नभएपछि दैनिक कामकाजमा समस्या उत्पन्न भएको छ ।
बिगत दुई महिना देखि भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको कामकाज प्रभावित भएको छ । सो घटनामा संलग्नताको आरोप लागेका चारजना शाखा अधिकृत , २ जना खरिदार, २ जना कम्प्युटर अपरेटर, शाखा अधिकृत र कार्यालय सहयोगी १/१ जना गरि १० जना कर्मचारी छन् । शाखा अधिकृत नभएपछि तोक, सनाखत प्रमाणीकरणदेखि लिएर मुद्धा फाँट सम्म प्रमु्ख प्रेम दौल्यालले हेर्दै आएका छन् ।