धनगढीमा अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु
प्रकाशित मिति : २०७६, १० जेष्ठ शुक्रबार १६:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी । धनगढीमा अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ।बिहीबारबाट नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक समारोहकाबीच कार्यक्रमको उद्घाटन गरे । सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेकोे प्रतियोगिता तीन दिन चल्नेछ ।
Advertisement
राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितकिो आयोजनामा भइरहेको प्रतियोगीताको उदघाटन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, राष्ट्रवादी विकाशिल अभियानका अन्तर्राष्ट्रिय विभाग प्रमुख नरेन्द्र ओली, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपकसिंह प्रदेश ५ का प्रमुख अशोक थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकीस्तान, अफगानस्तानका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ । प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।