ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु, दुईजना घाइते
प्रकाशित मिति : २०७६, १३ जेष्ठ सोमबार १६:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन ।ट्रकमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ। गाडीमा सवार अन्य २ जना घाइते भएका छन् ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
Advertisement
बाग्मतीको पानी प्रयोग गरी बिधुत उत्पादनको तयारीमा रहेको सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना७ख ९३२६ नम्बरको लहरी ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भएको थियो ।सर्ट भएको करेन्ट लागेर सिन्धुलीको तीन पाटन ९ बस्ने चालक २८ वर्षको बीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका ७ का ३५ वर्षीय विशाल तामाङको मृत्यु भएकोे मकवानपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
घटनामा तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत गम्भीर घाइते भएका छन् ।