जन्मदिनमा उपप्रमुखद्धारा शैक्षिक सामाग्री प्रदान
प्रकाशित मिति : २०७६, १९ जेष्ठ आईतवार २०:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले आफनो जन्मदिनको अवसरमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । काँगे्रस यूवा नेतृ समेत रहनु भएकी थापामगरले आज एक समारोहबीच नेपालगञ्ज –४ सल्यानीवागस्थित श्री आधारभुत (छात्रा) विद्यालयका ५ छात्रालाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । पढाईमा मद्यत पुगोस् भन्ने उद्येश्यले किताव राख्ने झोला, एक÷एक दर्जन कापी र डटपेन प्रदान गरिएको हो ।
Advertisement
सो सामाग्री कक्षा ८ अध्यनरत रिता पथिक, पत्रिका तामाङ, इमरन साई , निशा कश्यप र सादिया खानलाई प्रदान गरियो । कार्यक्रममा उपप्रमुख थपामगरले छात्राको शैक्षिक गुणस्तर वृद्धिका लागि हौसला प्रदान गर्न सहयोग गरिएको प्रतिक्रीया दिनु भयो । यसैबीच सो अवसरमा केक काटेर जन्म दिन समेत मनाइएको छ ।
सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेत, नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य देउमल सुनार, सामाजिक अभियन्ता रेखा श्रेष्ठ, नगरस्तरिय बाल क्लव सञ्जालका पूर्व अध्यक्ष साहिल अन्सारी, बाल क्लवका प्रतिनीधी, स्थानीय पत्रकार समेतको उपस्थिती रहेको कार्यक्रममा उपप्रमुख थापालाई जन्मदिनको हार्दिक बधाईसँगै पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो ।