लागु औषध दुव्र्यसन विरुद्धका कार्यक्रम बारे नेपालगञ्जमा अनुगमन
प्रकाशित मिति : २०७६, २१ जेष्ठ मंगलवार १९:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत संघ संस्थाका कार्यक्रम बारे अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा विभिन्न संस्थाद्धारा सम्पन्न लागु औषध विरुद्धका कार्यक्रमको उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सोमबार अनुगमन गरेको हो । उपमहानगरपालिकाले लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत सहारा हाउस, प्रेरणा पुनस्र्थापना केन्द्र, नव किरण पनस्र्थापना केन्द्रको स्थलगत अनुगमन गरेको हो । नयाँ आशा, सामना पुनसर््थापना केन्द्र, प्रयास नेपाल र नव दृष्टिमहिला पुनस्र्थापना केन्द्र पनि सञ्चालनमा छन् । उपमहानगरपालिकाको १० लाख सहयोगमा ती संस्थाले लागु औषध दुव्र्यसन विरुद्ध विभिन्न कार्यक्रम गरेका छन् । आवासीय उपचार सहयोग तथा पुनस्र्थापना, अभिभावक, विद्यार्थी लगायतलाई सचेतना, लागुऔषध प्रयोगकर्तालाई आयआर्जन, शिप विकास, लगायतका क्रियाक्लाप गरिएका छन् । उपमहानगरपालिकाकी उपप्रमुख थापासँगै न्यायिक समिती सदस्य पुष्पा भटराई, असल शासनकर्मी नमस्कार शाह, लागु औषध विरुद्धका अभियन्ता अभिराज क्षेत्री, उत्तम खरेल, अनुप श्रेष्ठ, रविन्द्र सिंह राठौर लगायतको टोलीले सहयोग कार्यक्रमका साथै ति संस्थाका समग्र गतीविधीबारे चासो राखेको थियो । उपमहानगरपालिकाले यस आर्थिक वर्षमा लागु औषध दुव्र्यसन विरुद्ध आवासीय उपचार सहयोगमा विशेष चाँसो राखेको थियो । सो कार्यक्रम अन्तगर्त २० जना लागुऔषध प्रयोगकर्ताको उपचार खर्च उपमहानगरपालिकाले व्यहोर्नुका साथै परामर्श लगायतका कार्यक्रममा समेत सहयोग गर्दै आएको छ । उपप्रमुख थापामगरले लागु औषधविरुद्ध उपमहानगरपालिका सम्वेदनशिल रहेको भन्दै प्रभावकारी कार्यक्रम सञ्चालनका लागि थप समन्वय र सहकार्यको खाँचो औल्याउनु भयो । साथै उहाँले एकिकृत पुनस्र्थापना केन्द्र सञ्चालनमा जोड दिनु भयो । सहारा हाउस अध्यक्ष अभिराज क्षेत्रीले लागु औषध विरुद्धका कार्यक्रम दिर्घकालिन रुपमा सञ्चालन गर्नु पर्ने भन्दै उपमहानगरपालिकाको सहयोगका लागि आभार व्यक्त गर्नु भयो ।
Advertisement