नेपाली कांग्रेस बाँकेले जेठ २५ नेपालगन्जमा बृहत प्रर्दशन गर्दै
प्रकाशित मिति : २०७६, २२ जेष्ठ बुधबार ०९:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।राष्ट्रिय जागरण अभियान अन्तर्गत बृहत प्रर्दशन तथा सभा गर्ने नेपाली कांग्रेस बाँकेले तयारी गरेको छ । यही जेठ २५ गते नेपालगन्जमा बृहत प्रर्दशन तथा सभा गर्न लागेको हो । बृहत प्रर्दशन तथा सभाको तयारीका लागि पार्टीका नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा प्रचार–प्रसार, क्षेत्र नम्बर ३ का सभापति रमेश गुप्ताको संयोजकत्वमा मञ्च ब्यवस्थापन लगायत उपसमिति गठन गरिएको छ ।
प्रर्दशन र सभामा हजारौं कार्यकर्ता तथा सर्बसाधारणको सहभागिता रहने कांग्रेस बाँकेले जनाएको छ । प्रर्दशन र सभाको तयारीबारे मंगलबार आयोजित छलफलमा नेपाली कांग्रेस बाँकेका पदाधिकारीले पहिलो चरणको जागरण अभियानको अन्तिम दिन उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिएका हुन् ।
Advertisement
बृहत प्रर्दशन तथा सभालाई कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउद लगायत नेताले सम्बोधन गर्नेछन् । नेपाली कांग्रेस बाँकेको कार्यालयबाट सुरु हुने बृहत प्रर्दशन गणेशमान चोक, विपी चोक हुदै त्रिभुवन चोकमा पुगेर सभामा परिणत हुने कांग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाले बताए । सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न उक्त प्रर्दशन र सभामा सबैलाई आब्हान गरिएको उनले जनाए । उक्त कार्यक्रममा सहभागिताका लागि कांग्रेसका सबै तहका पदाधिकारी, क्रियाशिल सदस्य, भातृ तथा शुभेच्छुक संगठन तथा सर्बसाधारणलाई आब्हान गरिएको सचिव तप्त पौडेलले जानकारी दिए ।
जिल्ला सचिव एवम् प्रचार विभाग प्रमुख कपिलदेव शर्माका अनुसार प्रर्दशन तथा सभा सञ्चालनको ढाँचा एकदमै छोटो हुनेछ । कांग्रेसले पहिलो चरणको अभियान बैशाख २५ गतेबाट एक महिनासम्म सञ्चालन गरेको थियो । पहिलो चरणको कार्यक्रममा गाउँ, टोल, वडा, गाउँपालिका, नगर, क्षेत्रीय स्तरमा बैठक, भेला तथा सम्मेलन गर्ने तालिका निर्धारण गरिएको थियो । सो अनुरुप जिल्लाका सबै क्षेत्रमा कार्यक्रम भएको बाँके कांग्रेसले जनाएको छ।