सदभावको पर्व ईद नेपालगन्जमा धुमधामका साथ मनाइदै
प्रकाशित मिति : २०७६, २२ जेष्ठ बुधबार ११:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। आज देशैभरी इद पर्व मनाइदै छ।मुस्लिम समुदायको महान पर्व ईद नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । ईदको अवसरमा यहाका मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढेका छन ।
Advertisement
सामुहिक नवाजका क्रममा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, प्रदेस सभा साम्सद मोहम्मद याकुब अन्सारी, नेपाालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो . सफिक बेहना, जनप्रतिनिधिहरु, मुस्लिम अगुवा, समाजसेबि मो. जुनैद कादरी लगायत हजारौको संख्यामा उपस्थिति रहेको थियो । सो क्रममा उपस्थित मुस्लिम र गैरमुस्लिम समुदायले अन्कमाल गर्दै ईदको शुभकामना आदानप्रदान गरे । सो अवसरमा अध्यक्ष बेहनाले हरेक बर्षझै यसपाली पनि इदमा सरिक हुन आएकाहरुलाइ पिउने पानी र खजुरको ब्यबस्थापन गरेका थिए।
सहरी विकास मन्त्री राईले ईद पर्बले आपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने विस्वास गरे । पुर्ब साम्सद अब्दुल हमिद सिदिकी ( भोला ) ले ईद पर्बले नेपालमा सुख, शान्ति र समृदी ल्याउने विस्वास गरे। त्य्स्तै अध्ययक्ष बेहनाले इद पर्व सगै देेशमा खुुशी र प्रगतिको माहोल आउने कुरा बताए। सरकारले इदमा बिदा दिदा मुस्लिम समुदाय खुुशी भएपनि आजकै दिन परीक्षा गराउदा अलि खल्लो भएको बेहनाले बताए।