हावाहुरीले पश्चिम नेपालमा २ जनाको मृत्यु, १०० जना घाइते "भौतिक संरचनामा क्षति "
"भौतिक संरचनामा क्षति "
प्रकाशित मिति : २०७६, २४ जेष्ठ शुक्रबार ०८:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।हावाहुरीले फेरि जनमानसमा बज्रपात पारेको छ। हावाहुरीले जनधनको फेरि नोक्सानी गराएको छ।कैलाली र कञ्चनपुरमा बिहीबार राती आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । १०० भन्दा बढी घाइते भएका छन्।हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।
Advertisement
कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, २३ जना घाइते भएका छन् । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको छ । घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ।
हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका टिनका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन् ।
सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ ।