नेपालगञ्जको वडा नं २२ मा ज्येष्ठ नागरिकहरुलाई सम्मान
प्रकाशित मिति : २०७६, २६ जेष्ठ आईतवार २०:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।नेपालगञ्ज उप महानगरपालिका वडा नं. २२ पुरैनीका ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।
“सभ्य र सुसंस्कृत समाजको आधार ,ज्येष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार” भन्ने मूल नाराको साथ वडा नं. २२ पुरैनीको कार्यालयले आज ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी १३० जनालाई दोसल्ला, छाता तथा च्यावनपरास प्रदान गरि सम्मान गरेको छ ।
वडा अध्यक्ष बिद्याराम बर्माले ज्येष्ठ नागरिकको सम्मान गर्नु पर्ने वडाको दायित्व रहेको र ज्येष्ठ नागरिकहरुलाई परिवारको सबै सदस्यले सम्मान र सम्मान दिनु पर्ने बताउनु भयो । अध्यक्ष वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य राज कुमार बर्माले वडा नं. २२ ले सबैसँगको सहकार्यमा नमूना काम गरिरहेकोमा प्रंशासा गर्दै सबैलाई विकासको लागि एकजुट हुनुपर्ने जोड दिनु भएको थियो ।
Advertisement
कार्यक्रममा वडा सदस्यहरु भर्री कुर्मी, राजिया बेगम किंगरिया, सुरसती धोबी, नेपाल रेडक्रस सोसाइटी पुरैनीका सभापति फन बहादुर गुरुङ्ग, बासका महासचिव शिव कुमार बर्मा, नेपाली काँग्रेस नगर उप सभापति धन राज बर्मा, अगुवा महिला खगेश्वरी रावत, नेविसंघ नगर सभापति अनुज बर्मा, सामजिक अगुवाहरु अयोध्या प्रसाद पासी, फारुक हल्वाई, अशोक कुमार गोडियालगायतको उपस्थिती रहेको कार्यक्रम वडा सचिव रञ्जन श्रेष्ठले संचालन गर्नु भएको थियो ।