प्रदेश ५ मा झोले आयुर्वेद व्यापारलाई कानुनी कारवाहीमा ल्याईदै
प्रकाशित मिति : २०७६, २८ जेष्ठ मंगलवार १४:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अर्घाखाँची।प्रदेश नम्बर ५ का जिल्लामा गैरकानुनी र खुलेआम संचालन भएका र कारोवार गर्ने झोले आयुर्वेद बैद्यलाई कानुनी कारवाहीमा ल्याईने भएको छ । व्यापारीक र मुनाफाका लागि अवैध बैद्यका कारण आयुर्वेद उपचार पद्धती बद्नाम भएको र मानवीय स्वास्थ्यमा खेलवाड भएको भन्दै कानुनी उपचार थालिने गरिने भएको हो ।
Advertisement
मंगलमबार प्रदेश ५ को अर्घाखाची जिल्लाको सन्धिखर्कमा आयोजित आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सरोकार निकायले झोले आयुर्वेद बैद्य र व्यापारीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश ५ स्वास्थ्य निर्देशनायका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेलले झोले आयुर्वेद व्यापारी र अवैध बैद्यका कारण आयुर्वेद उपचार पद्धति बद्नाम भएको बताउनुभयो ।
पैसा कमाउन र व्यवसायीक रुपमा सडक, बाटो र घरघरमा गएर आयुर्वेद औषधी विक्रि गर्नेलाई स्थानीय प्रशासन, प्रहरी र स्थानीय निकायले कारवाही गर्नुपर्ने भन्नुभयो । झोले बैद्यलाई कारवाहीका लागि प्रदेश ५ र स्वास्थ्य निर्देशनालयबाट स्थानीय प्रशासनसंग समन्व्य र सहकार्य थालिएको जानकारी दिनुभयो । प्रदेश ५ का १२ जिल्लाका शहरदेखि ग्रामिण तहसम्म अवैध झोले आयुर्वेदिक व्यापारी र बैद्य रहेको बताएको थियो ।
यस्तो व्यापारले सर्वसाधरण ठगीमात्र नभई मानवीय स्वास्थ्यमा खेलवाड र जटिल रोग निम्त्याएको सहभागीले बताएका थिए । अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अर्जुनराज शर्माले झोले व्यापारीका कारण आयुर्वेद औषधी सेवन गरेर थप जटिल रोग बनिका विरामी अस्पताल आउने क्रम बढेको जानकारी दिनुभयो । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले सडक, बाटो र घरघरमा पुग्ने झोले व्यापारी र बैद्यहरु कारवाही थाल्नुपर्ने माग गर्नुभयो । झोले बैद्य व्यापारी बढे यसले जटिल रोगीहरु बढ्नेतर्फ संकते गर्दै उहाँले प्रहरी प्रशासन र स्थानीय तहले समेत कडाई थाल्नुपर्ने बताउनुभएको थियो ।
प्रदेश ५ का १२ जिल्लाका १०९ स्थानीय तहमध्ये अहिले ४५ स्थानीय तहमामात्र सरकारी निकायबाट निशूल्क सेवा प्रदान गर्ने आयुर्वेद स्वास्थ्य केन्द्र संचालनमा रहेका छन् । बाँकी ४५ स्थानीय तह अहिले आयुर्वेद स्वास्थ्य केन्द्रविहिन रहेका छन् । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले झोले र खुल्ला आयुर्वेदिक उपचार र व्यापार गर्नेलाई कानुनी अंकुश लगाईने बताउनुभयो ।
सक्कली बैद्यको क्षमता विकास आवश्यक रहेको र अवैधलाई कानुनी कडाई अपनाईने उहाँकको भनाई थियो । प्रदेश ५ ले नितिगत रुपमै अवैध आयुर्वेदिक कारोवार रोक्न थाल्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, जिल्लाका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका प्रमुख, जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनैतिक दल, व्यापारी, जडिबुटी व्यवसायी र आयुर्वेदिक चिकित्सकको सहभागीता रहेको थियो ।
सहभागीले प्रदेश ५का १२ जिल्लामा प्रदेश सरकार, स्थानीय सरकार र प्रशासनले झोले आयुर्वेदिश बैद्य र व्यापारी बन्द गराउनुपर्नेमा जोड दिए ।