दाङको गढवामा रेशम खेतीले किसानहरुलाई आकर्षित गर्दै
प्रकाशित मिति : २०७६, २८ जेष्ठ मंगलवार १४:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लमही(दाङ)। दाङको गढवामा रेशम खेतीले किसानहरुलाई आकर्षित गर्दै गएको छ। प्रशस्त खाली खेतीयोग्य जमिनलाई खेती गर्ने काम सुरु गरिएको छ।गाउँपालिकाको वडा नं ४ हडैयामा ४५ बिगाहमा रेशम खेतीको लागि किमु रोपिएको छ । रेशम खेती गर्न हडैया गाउँमा मात्रै ६ वटा कृषि फर्म स्थापना गरिएको छ । आउँदो बर्ष ४५ विगाहा बाट बढाएर १०० विगाहाको हाराहारीमा किमु खेती गर्ने तयारी गरिएको स्थानीय किसानले जानकारी दिए । सुरुमा यो हडैया गाउँमा रेशम खेतीको व्यवसायिक खेती भित्र्याउने व्यक्ति भने धादिङ जिल्लाका महेश अधिकारी हुन ।
Advertisement
अधवैंशे अधिकारीले दाङमा रेशम किराको खेती गर्नको लागि राम्रो संभावना देखेपछि तीन बर्ष पहिले पहिलो पटक दाङमा रेशम खेती भित्र्याएका थिए । ‘ दाङमा प्रसस्त जमिन छ । यहाँको हावापानी पनि राम्रो छ,’ अधिकारीले भने ‘ खेतवारी बाँझैं पल्टिनु भन्दा किमु खेती गरेर मनग्य आमदानी गर्न सकिने संभावना देखेर म यहाँ आएको हुँ।’
सुरुमा उनले गढवामा आएर दस बिगाह जग्गा लिजमा लिएर रेशम किराको खेतीको सुरुवात गरेका थिए । हाल अधिकारीलाई पच्छाउँदै स्थानीयले पनि रेशम खेती गर्न थालेका छन् । रेशम किरा वाट मनग्य लाभ लिन सकिने हुँदा किसान किराको खेती प्रति आर्कषित भएको स्थानीय किसान राम लक्ष्मण साहले बताए ।
हाल उनले समुहका साथै निजी दुई बिगाह जग्गामा रेशम किराको लागि आवश्यक पर्ने किमुको बोट विरुवा रोपेका छन् । अधिकारीले किरोको खेती गरेर लाभ लिएको देखेपछि आँफुहरु पनि यसप्रति आर्कषित भएको साहले बताए । रेमश किरा कसरी पाल्ने भन्ने वारेमा काठमान्डौंमा गएर तालिम समेत लिएको साहले जानकारी दिए । परम्परागत रुपमा गरिदै आएको धान, मकै बालिको सट्टा आज यहाँका किसान रेशम खेती तर्फ आर्कषित भएका छन् । रेशम किरा पाल्नको लागि किमु आवश्यक पर्ने गर्छ । लार्भा अवस्थाको रेशम किराले किमुको पात खानेहुँदा किरा पाल्न किमु खेती अनिवार्य नै हुन्छ । हाल बजारमा रेशम धागोवाट निर्मित कपडाको अत्यधिक माग छ ।
रेशम खेती गर्ने किसानलाई राज्यले पनि राम्रो अनुदान दिने गरेको छ। गढवामा किरा उत्पादन घर र सिआरसी घरको लागि प्रदेश सरकारले ११ लाख ५० हजार रुपैंया प्रदान गरेको साहले बताए । किरा बाट अण्डा निकाल्ने घर बनाउन थप पाँच लाख अनुदान प्राप्त भएको किसानले जानकारी दिए । रेशम खेती आय आर्जनको लागि बैकल्पिक राम्रो संभावना वन्न सक्छ । साहले खेत बाँझै राखेर कामको खोजीमा विदेश भौंतारिनु भन्दा स्वदेश मै नयाँ प्रविधि भित्र्याउँदै नयाँ नयाँ खेती गर्न सके राम्रो आम्दानी गर्न सकिने संभावाना औंल्याए । रेशम किराको खेतीलाई सेतो सुनको खेतीपनि भन्ने गरिन्छ ।रेशम खेती आय आर्जनको लागि बैकल्पिक राम्रो संभावना वन्न सक्छ ।