जेसिबीले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु,पाँच घाइते
प्रकाशित मिति : २०७६, ३१ जेष्ठ शुक्रबार १३:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कञ्चनपुर ।कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबी एक्साभेटरले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
Advertisement
पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नम्बर जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई धनगढी पठाइएको छ भने रिक्सा चालकलाई भारत लगिएको छ। दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले मृतकको पहिचान हुन नसकेको जानकारी दिए।
जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ। (रासस)।