रुपइडिहामा एक जना नेेेपाली र मेडिकल संचालक लागूऔषधसहित पक्राउ
प्रकाशित मिति : २०७६, ३२ जेष्ठ शनिबार १६:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको भारतीय सिमा बजार रुपइडिहाबाट एक जना नेेेपाली लागू औषधसहित पक्राउ परेका छन् ।भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज बस्ने गौरव नाम गरेका व्यक्तिलाई ब्राउनसुगरसहित भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो ।
Advertisement
त्यस्तै गौरवको बयानका आधारमा रुपैडिहा बजारको चकियारोड चोकस्थित रियाज मेडिकल स्टोरबाट ६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । मेडिकलबाट आफुले किनेर ल्याएको भन्ने गौरवको भनाई अनुसार प्रहरीले तत्काल मेडिकलमा छापा मारेर मालिक रियाज अहमदलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । मेडिकलबाट पक्राउ गरिएको ब्राउनसुगर करिब ६५ लाख भारतीय रुपैयाको छ ।
उक्त ब्राउनसुगरको नेपाली मुल्य करिब करोडबढिको पर्ने प्रहरीको भनाई छ । पक्राउ परेका दुबै जनालाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय कारागार पठाईएको भारतीय प्रहरीले जनाएको छ ।