प्रदेश नम्बर ५ मा ३४ अर्ब रुपैयाँको बजेट ल्याइदै
प्रकाशित मिति : २०७६, १ असार आईतवार १३:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बुटवल ।प्रदेश नम्बर ५ मा ३४ अर्ब रुपैयाँको बजेट ल्याइदैछ।प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६र०७७ का लागि ३४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् ।
Advertisement
आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले गए राति नै ३४ अर्ब रुपैयाँ हाराहारीको वजेट तयार गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् ।त्यसमा मुख्यमन्त्रीले हेरफेर र पुनरावलोकन नगरे ३४ अर्बकै बजेट आउने मन्त्रालयको स्रोतले जनाएको छ । प्रदेश योजना आयोगले तयार गरेको पाँच वर्षे आवधिक योजना र सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको छ। कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई आउँदो आर्थिक वर्षभित्र पूरा गर्ने गरी रकम विनियोजन भएको छ ।